Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

९ करोड लागतमा काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना निर्माण सुरु


काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु गरेको छ । सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यो कार्यक्रम समावेश गरिएको छ ।

काठमाडौँ उपत्यकाको एकीकृत गुरुयोजना नेस्ट जियोकन प्यारागन जेभीले निर्माणको ठेक्का पाएको प्राधिकरणका सूचना अधिकारी इञ्जिनीयर सौरव ढकालले जानकारी दिए ।

एकीकृत गुरुयोजना निर्माणपछि काठमाडौँ उपत्यकालाई स्वच्छ, सुन्दर, हराभरा सहर बनाउन सहयोग पुग्ने उनले बताए । गुरुयोजनाअनुसार काम गर्न काठमाडौँ उपत्यकाका १८ वटै नगरपालिकालाई सहज हुनेछ ।

यसको कार्यान्वयन गर्ने जिम्मेवारी पनि यहाँका स्थानीय तहको हुने प्राधिकरणले जनाएको छ ।

एकीकृत योजनाअनुरुप काम भए/नभएको अनुगमन र नियमन भने प्राधिकरणले नै गर्ने छ । एकीकृत योजना बनाउन ९ करोड बजेट विनियोजन गरिएको छ ।

एक महिनाअघिदेखि सुरु भएको एकीकृत गुरुयोजना निर्माण १५ महिना अर्थात् २०८० फागुनसम्ममा सम्पन्न हुने प्राधिकरणले जनाएको छ । रासस


Read Previous

नारायणगढ–गोन्द्राङ ६ लेन सडक घरटहरा भत्काउन थालियो

Read Next

नेपाल पर्यटन दशकको रणनीतिक कार्ययोजना सार्वजनिक, वार्षिक ३५ लाख पर्यटक भित्राउने लक्ष्य

Leave a Reply

Your email address will not be published.