Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शिक्षा प्रणाली सुद्धढीकरणको लागि एशियाली विकास बैंकको २६ अर्ब ऋण सहयोग


काठमाडौं । एशियाली विकास बैंकले नेपालको शिक्षा प्रणालीलाई सुद्धढीकरणको लागि मंगलबार करिब २६ अर्ब ३० करोड रुपैयाँ (२ सय मिलियन अमेरिकी डलर) सहुलियत ऋण सहयोग गर्ने निर्णय गरेको छ । सहयोग रकम विद्यालय शिक्षालाई गुणस्तर, समानता र उत्थानशील बनाउन खर्च गरिनेछ ।

सरकारको विद्यालय शिक्षा क्षेत्र योजना २०२१–२०३० को पहिलो ५ वर्षे कार्यक्रम कार्यान्वयनलाई सघाउनेछ । यस योजनालाई अन्य ७ वटा विकास साझेदारले पनि सघाएका छन् । सहयोगले आधारभूत र माध्यमिक विद्यालयहरुको सिकाइ र शिक्षणलाई सुधार ल्याउनेछ ।

कोभिड १९ को कारण विद्यालयक शिक्षाको सिकाइमा भएको हानीलाई सुधार्न र स्थानीय तहमा रहेका विद्यालयको शिक्षा योजना, अनुगमन र प्रतिवेदन तयार गर्ने क्षमता वृद्धि गर्न सघाउनेछ ।

‘नेपालले शिक्षाको पहुँच वृद्धि गर्न उल्लेखनीय काम गरिरहेको र अझै बाँकी रहेका कामलाई सम्बोधन गर्न आवश्यक रहेको एडिबीको दक्षिण एशियाको सामाजिक क्षेत्र हेर्ने विशेषज्ञ रुडी भान डेलले भने । ‘यो सहयोगले सुधारलाई गति दिन र शिक्षा प्रणालीमार्फत मानव पुँजीको विकास गर्न, असमानता घटाउन र दीगो वृद्धि हासिल गर्न सहयोग पुग्नेछ’ उनले भने ।

विशेषगरी छात्राहरुको लागि कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने अवसरहरुलाई बढाउन छनौट गरिएको माध्यमिक विद्यालयहरुको स्तरोन्नति गरिनेछ ।

गरिब विद्यार्थीलाई दिइने छात्रवृत्ति योजनालाई सुधार गरी कक्षा ९ देखि १२ सम्म दिने गरिएकोमा कक्षा ६ देखि १२ सम्म दिने गरी विस्तार गरिनेछ ।


Read Previous

अर्थतन्त्रमा देखापरेका समस्या समाधानमा पहल गर्छु : प्रधानमन्त्री

Read Next

‘नीतिगत तहमा बसेकाहरूमा नैतिकताकाे खडेरी हुँदा ठूला पूर्वाधार परियाेजना निर्माण हुन सकेनन् ’

Leave a Reply

Your email address will not be published.