Nepal Purbadhar

प्रदुषण तथा यान्त्रिक चेकिङ्गमा ३८ सवारी साधन कारवाहीमा


काठमाडौं । काठमाडाैंकाे बबरमहलमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका तथा अत्याधिक धूँवा फाल्ने ३८ वटा सवारी साधनका चालकलाई कारवाहीमा परेका छन् ।

अत्याधिक धूँवा फाल्ने १३ वटा र यान्त्रिक अवस्था ठिक नभएका तथा धूँवा समेत फाल्ने २५ वटा सवारी साधन कारवाही परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार यातायात व्यवस्था विभाग मिनभवन, वातावरण विभाग सिंहदरवार तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त खटेको टोलीले बबरमहलमा ५४ वटा सवारी साधनलाई चेक गर्दा ३८ ओटा कारवाहीमा परेको बताए ।

सवारी साधन मर्मत पश्‍चात तोकिएको जरिवाना तिरी नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिईने छ ।


Read Previous

भविष्यको लागि प्रकोप प्रतिरोधी र दीगो पूर्वाधार कसरी सम्भव छ ?

Read Next

अतिकम विकसित राष्ट्रबाट नेपालको स्तरोन्नतिमा युरोपियन युनियनको व्यापार क्षमता विस्तारमा सहयोग