Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

अतिकम विकसित राष्ट्रबाट नेपालको स्तरोन्नतिमा युरोपियन युनियनको व्यापार क्षमता विस्तारमा सहयोग


काठमाडौं । नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सहयोग पुग्ने गरी विश्व विद्यालयका प्राध्यापकहरू तथा सरकारका उच्च अधिकारीहरूलाई अन्तराष्ट्रिय बजार विश्लेशण उपकरणहरूको बारेमा प्रशिक्षकको रूपमा विकास गर्ने युरोपियन यूनियनले पाँच दिन लामो विशेष कार्यशाला आयोजना गरेको छ ।

कार्यशालाबाट २० जना प्रशिक्षकको रूपमा अन्तराष्ट्रिय बजार विश्लेषण विज्ञहरू तयार भएका छन् । यस कार्यशालाले अन्तराष्ट्रिय बजार तथा व्यापारका विभिन्न पक्षहरूका बारेमा गहन ज्ञान दिलाइ प्रशिक्षकहरू तयार गरेको छ जसले शिक्षक अनुसन्धानकर्ता तथा विभिन्न सरकारी एवं गैह्र सरकारी निकायहरूमा सल्लाहकारको रूपमा आफ्नो विज्ञताहरू प्रयोग गरी ज्ञान विस्तार गर्ने अपेक्षा गरिएको छ ।

यूरोपियन यूनियनको सहयोगमा संचालन भैरहेको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमले अन्तराष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा यो कार्यशाला आयोजना गरेको हो ।

सन् २०२६ सम्म नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गइ रहेको र सन् २०१७ मा विश्व व्पापार संगठनको व्यापार सहजीकरण सम्झौताबाट अधिकतम लाभ लिनको लागि अन्तराष्ट्रिय व्यापारका विविध पक्षको ज्ञान र जानकारी अभिवृद्धि गर्नुपर्ने अवस्थामा यस कार्यशालाले महत्वपूर्ण योगदान पुर्याउने देखिन्छ ।

यस कार्यशालाले प्रमाणीकृत प्रशिक्षकहरूको सक्रिय संजाल निर्माण गरी  ‘ट्रेड म्याप एण्ड मार्केट एक्सेस म्याप’ सम्बन्धी ज्ञान विस्तार गर्न सहयोग पुग्ने छ । प्रशिक्षकहरू निर्माण गर्ने क्रममा अन्तराष्ट्रिय व्यापार केन्द्रका विज्ञहरूले अन्तरक्रिया र प्रयोगात्मक कार्यमा आधारित तालिम विधिहरू प्रयोग गरी प्रशिक्षार्थीहरूलाई प्रस्तुतिको अवसर प्रदान गरेका थिए ।

प्रशिक्षार्थीहरूले यस कार्यशालाबाट अन्तराष्ट्रिय व्यापारका विभिन्न पक्षहरूका बारेमा जनाकारी लिनेमात्र नभै आगामी दिनमा आफूले सिकेको ज्ञान शिक्षण अनुसन्धान तथा नीतिनिर्माण तहमा उपयोग गर्ने योजना रहेको बताए ।

त्रिभुवन विश्व विद्यालय अर्थशास्त्र विभागका सह प्राध्यापक रेशम थापाले यस कार्यशालाबाट अन्तर्राष्ट्रिय व्यापार विश्लेषणका नविनतम उपकरणहरूको प्रयोग बारे जानकारी पाउने ठूलो अवसर भएको बताउँदै आफूले यसलाई शिक्षण र अनुसन्धानमा प्रयोग गर्ने योजनामा आफू रहेको बताए ।

त्यसैगरी अर्की सहभागी जुनु सिन्जाली मगरले नेपालका लागि अन्तराष्ट्रिय व्यापारका विविध पक्षबारे जानकारीका स्रोतहरूको आवश्यकता परेको वेला यस्ता व्यापार उपकरणहरूबारे प्रशिक्षक निर्माण गराउन यो कार्यशाला उपयोगी भएको बताउँदै आफ्नो ज्ञानलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी उपयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।


Read Previous

प्रदुषण तथा यान्त्रिक चेकिङ्गमा ३८ सवारी साधन कारवाहीमा

Read Next

स्कायफको ३२ औं वार्षिकोत्सवमा इञ्जिनियरिङका सर्वोत्कृष्ठ २ ग्राजुएट ७५ हजारसहित सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *