Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

लुजा खोलाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा,साढे ३ वर्षमा बिजुली बल्ने


काठमाडौं । प्रदेश–१ को सोलुखुम्बुमा पहिचान भएको २४.८८ मेगावाटको लुजा खोला जलविद्युत आयोजना निर्माणमा जाँदैछ । सिक्ल पावर कम्पनीले प्रवर्द्धन गरेको आयोजना निर्माणमा जाने चरणमा पुगेको हो ।

यो आयोजनाको सम्भाव्यता अध्ययन कार्य सम्पन्न भई उत्पादन अनुमति प्राप्त गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले उत्पादन अनुमतिपत्र दिनुअघि यो आयोजना निर्माण तथा सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने भएमा लिखित राय सुझाव पेश गर्न सम्बन्धित सरोकारवालामा आग्रह गरेको छ ।

विभागले ३५ दिने सूचना जारी गरी आयोजना निर्माण गरी सञ्चालन गर्दा कुनै असर पर्ने अवस्था रहेमा विभाग तथा प्रवर्द्धक कम्पनीको कार्यालयलाई प्राप्त हुने गरी लिखित राय सुझाव पठाउन सरोकारवालालाई आग्रह गरेको हो । प्रवर्द्धक कम्पनीले विद्युत ऐन, २०४९ को दफा ४ र विद्युत नियमावली, २०५० को नियम १२ बमोजिम उत्पादन अनुमतिपत्र प्राप्त गर्नका लागि आवेदन पेश गरेकाले अनुमतिपत्र दिने अन्तिम तयारी गरिरहेको विभागले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत असोज १४ गते स्वीकृति गरेको आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तथा ५ महिनाअघि सम्पन्न भएको सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा प्रवर्द्धक कम्पनीको नाममा उत्पादन अनुमतिपत्र जारी गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको विभागले जानकारी दिएको छ ।

सोलुखुम्बुको खुम्बु पासाङ ल्यामु गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकोको सीमा भएर बग्ने लुगा खोलाको बायाँ किनारमा आयोजनाको संरचना निर्माण हुनेछन् । यो आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक १६७.३१ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ ।

लुजा खोलाको पानी विद्युतगृहमा खसालेर विद्युत उत्पादन गर्न २.४ लामो मुख्य सुरुङ निर्माण गरिने कम्पनीले जनाएको छ । सर्जट्याङ्कको उचाई १५ मिटर तथा ६ मिटर ब्यास रहने गरी डिजाइन गरिएको छ ।

विद्युतगृहमा ३ वटा भर्टिकल पेल्टोन टर्वाइन तथा विद्युत उत्पादन गर्न ९.८ मेगावाटका ३ वटा युनिट राखिनेछ । प्रवर्द्धक कम्पनीले विद्युत उत्पादन भएपछिको पानी पुनः खोलामा पठाउन १७० मिटर लामो निकास नहर निर्माण गर्नेछ ।

यो आयोजनाले उत्पादन गर्ने विद्युत ३५ किलोमिटर टाढाको सोलु कोरिडोर प्रसारण लाइन अन्तर्गतको १३२ केभी तिन्ला सबस्टेसनमा जोडिनेछ । कम्पनीले ३५ किलोमिटर १३२ केभी प्रसारण लाइन निर्माण गरी आयोजनाको विद्युत तिन्ला सबस्टेसन पुर्याउनेछ । कम्पनीलाई दिइएको तालिका अनुसार २०८२ साल भित्र यो आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ ।


Read Previous

सार्वजनिक निर्माणमा संलग्न धेरै कम्पनी कालोसूचीमा पर्छन्

Read Next

तीन दिनसम्म ‘इम्वोस्ड नम्बर प्लेट’ सेवा बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *