Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
सेती लोकमार्ग निर्माण तीव्र पार्न जिल्ला सभाकाे माग    दिक्तेल-चखेवाभञ्ज्याङ सडक खण्डमा ३ पुल निर्माणको अन्तिम चरणमा    पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा    निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

निर्माण उपकरणमाथि आक्रमण नरोकिएकोमा महासंघको आपत्ति, व्यवसायी र उपकरणको सुरक्षा माग


काठमाडौं । मुलुकको भौतिक पूर्वाधारको विकास विस्तारमा खटिएका निर्माण व्यवसायीहरू र तिनका उपकरणमाथिको आक्रमण नरोकिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रोशन दाहालले सोमवार विज्ञप्ति जारी गरी राज्यका सबै निकाय निर्वाचनमा होमिएको समयमा समेत निर्माण व्यवसायी र तिनका उपकरणमाथि आक्रमण भएकोमा भत्सर्ना गरेका छन् ।

यसै क्रममा १४ कात्तिकमा ओखलढुंगा जिल्लामा पर्ने वाङगेखोला, केउरिनिटार शाखा सडक मर्मत योजनामा प्रयोग भइरहेको एस्काभेटरमा आगजनी गरिएको महासंघले जानकारी दिएको छ ।

ओखलढुंगा निर्माण व्यवसायी संघका सदस्य सृजनशील कन्स्ट्रक्शन, काठमाडौंको स्वामित्वमा रहेको बा ३ क ४३०६ नम्बरको एस्काभेटरम चिसङ्खगढी गाउँपालिका वडा नम्बर—२ मा अज्ञात समुहबाट आगजनी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विगतमा समेत हुने गरेका यस किसिमका अराजक क्रियाकलापको महासंघले कडा शब्दमा भत्सर्ना गरेको छ । पीडित निर्माण व्यवसायीलाई क्षतिपूर्ति सहित दोषी उपर कडा कार्वाहीको माग गरेको छ । तर, यस विषयमा ठोस सुनुवाई नभएकाले नै निर्माण व्यवसायीहरू निरन्तर मारमा पर्दै आएको महासंघको भनाइ छ ।

निर्माण व्यवसायी र तिनका उपकरणको पूर्ण सुरक्षाका लागि महासंघले प्रधानमन्त्री, मन्त्रीहरू, सचिवहरू लगायत सरोकारवाला सबैको लगातार गम्भीर ध्यानाकर्षण गराउँदै आएको छ ।

महासंघले पीडित निर्माण व्यवसायीलाई तत्काल क्षतिपूर्ति दिलाउन र घटनामा संलग्न आपराधिक समुहलाई कडा भन्दा कडा कानूनी कार्वाहीका लागि सरकारसँग जोडदार माग गरेको छ । ‘शान्तिपूर्ण र सुरक्षित वातावरण विना विकास निर्माणका काममा गम्भीर असर पर्ने मात्र नभई निर्माण उद्योग समेत धराशायी हुने र यसमा आबद्ध हजारौ व्यवसायी पेशाबाट विस्थापित हुने अवस्था सिर्जना भएको छ’ महासंघको विज्ञप्तिमा भनिएको छ ।

विगतमा झै आफ्नो सहिष्णुतालाई कमजोरीको रुपमा लिए देशभरका निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षाको माग सहित महासंघ देशव्यापी प्रदर्शनमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

 

 


Read Previous

पूरा हुँदै सुनवल सबस्टेसन,बुटवल-लुम्बिनी लाइन सञ्चालनमा आएसँगै विद्युत आपूर्तिमा सुधार

Read Next

विप्रेषणले दक्षिण एशियाको आर्थिक पुर्नउत्थान र दीर्घकालीन विकासलाई सघाउँछ: विश्व बैंक

Leave a Reply

Your email address will not be published.