Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

विप्रेषणले दक्षिण एशियाको आर्थिक पुर्नउत्थान र दीर्घकालीन विकासलाई सघाउँछ: विश्व बैंक


काठमाडाैं । दक्षिण एशियाली क्षेत्रले भोगिरहेको अभूतपूर्व आर्थिक क्षतिलाई वैदेशिक रोजगारमार्फत प्राप्त हुने विप्रेषणले पुर्नउत्थान गर्न र दीर्घकालीन विकासमा सहयोग पुर्याउन सक्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

विश्व बैंकको अध्ययन अनुसार कामदारको रुपमा विदेशबाट प्राप्त विप्रेषणले आर्थिक वृद्धिलाई बढाएको छ र यसले मानिस जहाँ बढी कमाउँछन, त्यही जाने बाटो खोलेको छ । अध्ययनले नेपाल, बंगलादेश, पाकिस्तान र श्रीलंकाका कामदार गल्फ देशहरुमा काम गर्छन । त्यसरी काम गर्दा आफ्नो देशमा भन्दा ५ गुणा बढी कमाउँछन । यसले ती देशलाई विप्रेषण आर्जनमा सहयोग गरिरहेका छन् ।

नेपालले आफ्नो आयको २० प्रतिशत विप्रेषणबाट आर्जन गरिरहेको छ । त्यस्तै, बंगलादेश र पाकिस्तानले आफ्नो जिडीपी (कुल ग्राहस्थ्य उत्पादन) को ६ देखि ८ प्रतिशत प्राप्त गर्ने गरेका छन् । स्थानीय मानिसले खेप्नु परिरहेको चरम मौसमी प्रकोपसँग जुध्न र आर्थिक धक्का÷क्षतिलाई सहन वैदेशिक रोजगारमा गएका कामदारबाट प्राप्त हुने विप्रेषणले सहयोग पुगेको छ ।

राजधानीम सोमबारदेखि ‘कपिङ विथ शक्स्ः माइग्रेशन एण्ड दी रोड टु रिजिलियन्स’ विषयमा दुई दिने सम्मेलन सोमबारदेखि शुरु भएको छ ।

सम्मेलनमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायन अर्यालले वैदेशिक रोजागरीबाट धेरै आर्थिक फाइदा रहेको भए पनि ऋण, सूचनाको अभाव र श्रम बजारमा हुने कठिनाइले अफठ्यारो हुने गरेको बताए । ‘दक्षिण एशियाली देशबीचमा नै श्रम गतिशिलतालाई सहयोग गर्न मिलेर काम गर्नुपर्छ, जसले यो क्षेत्रकै पुर्नउत्थान र भविष्यमा क्षति पुर्याउने गरी आउने धक्काहरुलाई सहने बनाउन सकोस’ उनले भने ।

दक्षिण एशियाली देशका कामदारले धेरैजसो अस्थायी काम गर्छन र धेरै समस्याहरु भोगिरहेका छन् । कोभिड–१९ पनि यो समस्या झन बढेको छ । दक्षिण एशियाली देशहरमा कामदारको रुपमा बाहिर जानेको संख्या बढिरहेको छ । तर, त्यो ढिलो गतिमा रहेको र कोभिडको असर दीर्घकालीनसम्म परेको विश्व बैंक, दक्षिण एशियाली क्षेत्रका प्रमुख अर्थशास्त्री हान्स टिम्मरले भने ।

विश्व बैंकको प्रतिवेदनले वैदेशिक रोजगारीमा जानका लागि तिर्नुपर्ने उच्च रकम घटाउनुपर्ने, कामदार लिने देशसँग दुई पक्षीय र बहुपक्षीय सम्झौता गर्नुपर्ने, विप्रेषणको पूर्वाधार तयार गर्नुपर्ने, तालिम र सूचना कामदारलाई सहजै दिनुपर्नेलगायतका सुझाव दिएको छ ।

सम्मेलनमा एकिकृत विकास अध्ययन संस्थान (आइआइडीएस) का कार्यकारी अध्यक्ष डा. विश्वास गौचनले दक्षिण एशिया विप्रेषणको सबैभन्दा ठूलो लाभकर्ता रहेको बताए । विप्रेषणको कारण गरिबी घटाउन, दीर्घकालीन प्रगति हासिल गर्न, नाजुक आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुगेको उल्लेख गरे ।

सम्मेलन एकिकृत विकास अध्ययन संस्थान (आइआइडीएस) र विश्व बैंकले आयोजना गरेका हुन् । सम्मेलनले शैक्षिक क्षेत्रमा संलग्न व्यक्ति र अनुसन्धाताबीच दक्षिण एशियामा बसाइसराइको अवस्था, चुनौति र सम्भावनाका बारे छलफल गर्ने मञ्च उपलब्ध गराउनेछ ।


Read Previous

निर्माण उपकरणमाथि आक्रमण नरोकिएकोमा महासंघको आपत्ति, व्यवसायी र उपकरणको सुरक्षा माग

Read Next

लगानी र प्रविधि भित्राउने काममा सहयोग गर्न कोरियन प्रतिनिधिमण्डललाई महासंघको आग्रह

Leave a Reply

Your email address will not be published.