Nepal Purbadhar

निर्वाचनको लागि मंसिर १ देखि स्मार्ट लाइसेन्सको अनलाईन आवेदन बन्द


काठमाडौं । यातायात व्यवस्था विभागले मंसिर १ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को अनलाईन आवेदन प्रणाली बन्द रहने जानकारी दिएको छ ।

विभागले एक सूचना जारी गरी यो जानकारी दिएको हो । विभागले अर्को सूचना जारी नभएसम्मको लागि अनलाईन आवेदन प्रणाली बन्द रहनेछ ।

विभागले आउँदो मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारीहरु समेत खटिनुपर्ने भएकोले अनलाइन प्रणाली बन्द गरिएको सूचनामा उल्लेख छ ।

सवारीचालकअनुमतिपत्रकोअनलाईनआवेदनप्रणालीबन्दरहनेसम्बन्धीसूचना।.jpg2022-11-04_03-18-47-710

 


Read Previous

कर्णाली राजमार्गमा चल्ने सवारी साधनको भाडादर १५ प्रतिशतले बढ्यो, तोकिएको भन्दा बढी भाडा असुल्दै व्यवसायी

Read Next

तालपोखरामा आन्तरिक पर्यटकसँगै आम्दानी पनि बढ्यो