Nepal Purbadhar

बिहिबार, कार्तिक २९, २०८१
Thursday, November 14, 2024

बिहिबार, कार्तिक २९, २०८१
Thursday, November 14, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

तालपोखरामा आन्तरिक पर्यटकसँगै आम्दानी पनि बढ्यो


पाल्पा (रासस) । पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरामा आन्तरिक पर्यटक बढ्न थालेका छन् । सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म पोस्ट भएका तालपोखराका तस्बिर र भिडियोका कारण आन्तरिक पर्यटक बढ्न थालेका हुन् ।

आन्तरिक पर्यटक बढ्दै जाँदा तालपोखरामा डुङ्गाबाट हुने आम्दानी पनि बढ्न थालेको छ । हाल दैनिक दुई सयदेखि तीन सयसम्म आन्तरिक पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् । फेवातालको झल्को दिने तालपोखरामा बेलाबखतमा परिवारसहित घुम्न आउने गरेको शौरभ सिं ठकुरीले बताए । “ताल वरपर घुम्दा निकै रमाइलो लाग्छ, यो मलाई फेवाताल जस्तै लाग्छ, प्रचारप्रसार गर्न सकियो भने यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ”, उनले भने ।

पछिल्लो डेढ महिनामा मात्र आन्तरिक पर्यटकबाट रु दुई लाख ५० हजार बराबरको आम्दानी भएको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटाले बताए । उनका अनुसार दसँ र तिहारका अवसरमा करिब रु एक लाख ५० हजार बराबरको आम्दानी टिकट बिक्रीबाट मात्रै भएको छ । यहाँ रहेका पाँच वटा डुङ्गामध्ये दुई वटा काठका डुङ्गा नियमित सञ्चालन भइरहेका छन् । तीन वटा डुङ्गा बिग्रेर मर्मत गर्नुपर्ने अवस्थामा छन् ।

आन्तरिक पर्यटक बढेसँगै अब बिग्रिएका डुङ्गा मर्मत गरी पाँचवटै डुङ्गा चलाउने समितिको तयारी छ । हाँस आकारको डुङ्गा चढ्दा प्रतिव्यक्ति रु एक सय र काठको डुङ्गा चढ्दा प्रतिव्यक्ति रु ५० टिकट कायम गरिएको छ । यहाँ २०७४ माघदेखि डुङ्गा चलाउन सुरु गरिएको हो । यहाँ शनिबार र सार्वजनिक विदाका दिन, विशेष चाडपर्वमा आन्तरिक पर्यटकको खचाखच रहन्छ । नियमितरुपमा हरेक समय पानी व्यवस्थापन गर्न सकियो भने वार्षिक रु १५ लाख बराबरको कमाई गर्न सकिने समितिको अनुमान छ ।

सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा रहेको रामपुरमा तालपोखरा नै घुम्न भनेर बाहिरबाट विभिन्न सङ्घ संस्थाको समूह आउँदा यसले सकारात्मक सन्देश प्रवाह गरेको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाको भनाइ छ । “सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ, व्यापक प्रचारप्रसारले तालपोखराका कारण रामपुरलाई चिनाउने राम्रो अवसर मिलेको छ, यो एउटा उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनिएको छ”, उनले भने । तालपोखरमा दसैँ, तिहार, माघेसङ्क्रान्ति, शिवरात्रि, नयाँवर्षका अवसरमा ठूलो भिड लाग्दछ । अन्य समय पनि परिवार, साथीभाईसहित ताल वरपर घुम्नेको उत्साह देखिन्छ । मनोरञ्जन गर्ने र आफन्त, साथीभाई भेटघाट तथा घुमघामस्थलका रुपमा लिइएको छ ।

तालको मनमोहक सुन्दर दृश्यावलोकन गर्न पटकपटक एउटै व्यक्ति पनि आइरहने र रामपुरमा कोही नयाँ व्यक्ति आयो भने यहाँ घुम्न लिएर आउने राम्रो संस्कारको विकास भएको डुङ्गा चालक दिपेन्द्र भट्टराईले बताए । तालको मनोरम दृश्यले सबैलाई लोभ्याएको हुन्छ । यहाँ सेल्फीजोनको व्यवस्था गरिएपछि तालका बीचमा रहेको मन्दिरलाई पृष्ठभूमिमा राख्दै फोटो, भिडियो खिचाउने, टिकटक बनाउनेको रौनक देखिन्छ । तालसम्म पुग्ने पक्की सडक सुविधा भएकाले रामपुर भित्रने जो कोही पनि तालपोखरा घुम्न पुगेकै हुन्छ ।

सानो उमेरमा पानी जमेको सामान्य खालको पोखरी अहिले पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदा रामपुरकै गहना बनेको रामपुर नगरपालिका–६ का वडाध्यक्ष दिवाकर देवकोटाको भनाइ छ । उनले तालको पर्यटन बिस्तारका लागि नगरपालिकाले बजेट उपलब्ध गराउँदै बताए । सामान्य पानी जम्ने खाडललाई यहाँका स्थानीयवासीले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने परिकल्पनासहित पूर्वाधार निर्माण सुरु गरेका हुन् । कृत्रिम ताल भए पनि अहिले कालीगण्डकीवेशीकै अवलोकनयोग्य ठाउँका रुपमा विकसित भएको छ ।

तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ । यहाँ शिवरात्रिमा समितिले विशेष पूजाआजाण्सहित मेला आयोजना गर्दै आइरहेको छ । ताल करिब ४५ रोपनी क्षेत्रफलमा ताल फैलिएको छ । समितिको नाममा ताल र पार्कसहित करिब ७५ रोपनी जग्गा छ । पार्कमा पूर्वाधार विकास गर्नुपर्ने आन्तरिक पर्यटक तथा स्थानीयको सुझाव छ । समितिले पार्कमा आवश्यक पूर्वाधार तयार पार्ने योजना बनाएको छ । तालका रुपमा विकास गर्न श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरेर विसं २०६६ बाट पूर्वाधार विकासको काम सुरु गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको हो ।


Read Previous

निर्वाचनको लागि मंसिर १ देखि स्मार्ट लाइसेन्सको अनलाईन आवेदन बन्द

Read Next

जयनगर–कुर्था रेल सेवा ३ दिन तोकिएको सिफ्टभन्दा बाहेक सञ्चालन हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *