Nepal Purbadhar

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

‘धम्म यात्रा’ मा २० हजार बढी यात्रुले विद्युतीय बसमा निःशुल्क यात्रा गरे


रुपन्देही । लुम्बिनी विकास कोषले चाड पर्वकाे अवसर पारेर सञ्चालन गरेकाे ‘धम्म यात्रा’ मा २० हजार बढी यात्रुले विद्युतीय बसमा निशुल्क यात्रा गरेका छन् । गत असाेज १३ गतेदेखि कात्तिक १३ गतेसम्म एक महिनाकाे ‘धम्म यात्रा’ मा यति यात्रुले निशुल्क यात्रा गरेका हुन् ।

दसैँ, तिहार र छठ पर्वकाे अवसरमा सञ्चालन गरिएको विद्युतीय बसकाे यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी विकास कोषका सदस्य तथा परीक्षण इकाई समितिका संयोजक विश्व पौडेलले जानकारी दिए । उनका अनुसार एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउनका लागि ५ वटा विद्युतीय बस र १४ वटा भ्यान कोषलाई उपलब्ध गराएकोमा सबैकाे यान्त्रिक परीक्षण सफल भएकाे हाे ।

पाैडेलले गत असोज १३ देखि कात्तिक १३ गतेसम्म बौद्ध परिपथका क्षेत्रबाट २० हजार २ सय ३६ यात्रुले निःशुल्क धम्म यात्रामा बिजुली बसको सेवा लिएका छन् । ६ रुटमा ५ वटा बसमार्फत ५ सय २७ पटक बस सञ्चालन हुँदा १६ हजार तीन सय ८४ किलोमिटर यात्रा तय भएकाे कोषले जनाएको छ ।

यान्त्रिक परीक्षण इकाई समितिका अनुसार लुम्बिनी-बेलहिया रुटमा सबैभन्दा बढी १ सय ६० पटक बस चल्दा ५ हजार ७ सय ८३ यात्रुले निःशुल्क बिजुली बसको सेवा लिएका छन् । लुम्बिनी-तिलौराकोट रुटमा १ सय ३१ पटक बस चल्दा ५ हजार ७२, लुम्बिनी-रामग्राम रुटमा ४८ पटक बस चल्दा २ हजार २ सय ७० जना तथा लुम्बिनी-बुटवलमा ४६ पटक बस चल्दा १ हजार ३ सय ४६ यात्रुले सेवा लिएको पौडेलले बताए ।

विद्युतीय बसको यान्त्रिक अवस्था, चार्जिङ जस्ता प्राविधिक पक्षको परीक्षण गर्दा सफल देखिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । उनले आवश्यक प्रक्रिया पूरा गरेर कोषले बसलाई व्यावसायिकरूपमा सञ्चालनका लागि तयारी गरेको बताए । धम्म यात्रा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यलय रुपन्देहीको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीले चालक र सहयोगी उपलब्ध गराएको थियो ।


Read Previous

हेटाैंडा सिमेन्ट उद्याेगले ३ महिनापछि क्लिङ्कर उत्पादन सुरु गर्याे

Read Next

वर्षात, बाढी र पहिरोको कारण अझै राष्ट्रिय राजमार्गका १४ स्थान अवरुद्ध

Leave a Reply

Your email address will not be published.