Nepal Purbadhar

आइतवार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

आइतवार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

पश्चिम सेती अध्ययन अनुमतिपत्रका लागि भारतीय कम्पनीको आवेदन


काठमाडौ । भारतीय सरकारी कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी) ले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र (लाइसेन्स) का लागि लगानी बोर्ड नेपालमा आवेदन दिएको छ ।

२ भदौ २०७९ मा बोर्ड र एनएचपीसीबीच ४५ भित्र विद्युत अध्ययन अनुमतिपत्रका लागि निवेदन दिने गरी समझदारी भएपनि ४५ अगावै सो आवेदन दिएको हो ।

मंगलबार एनएचपीसीको तर्फबाट बरिष्ठ प्रबन्धक आशिष रञ्जनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशील भट्टलाई अनुमतिपत्रका लागि आवेदन दिएका छन् ।

समझदारीपछि एनएचपीसीले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ को बिजुली विक्रीका लागि पावर ट्रेड कर्पोरेसन इन्डिया लिमिटेड (पीटीसी) सँग विद्युत खरिदबिक्रीका लागि समझदारी (एमओयू) समेत गरिसकेको छ । साउन २३ मा बसेको मन्त्रिपरिषद बैठकले एनएचपीसीको समझदारीको मस्यौदा स्वीकृत गरेको थियो ।


Read Previous

निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन अध्यादेश (यस्ता छन् विद्युत व्यापारका प्रावधानहरु)

Read Next

हरित हाइड्रोजनमा लगानी भित्र्याउन ‘नेपाल ग्रीन हाइड्रोजन समीट’ गर्दैछाैंः घले

Leave a Reply

Your email address will not be published.