Nepal Purbadhar

बुधबार, मंसिर २१, २०७९
Wednesday, December 7, 2022

बुधबार, मंसिर २१, २०७९
Wednesday, December 7, 2022

‘परियोजना, पूर्वाधार र पर्यटन क्षेत्रलाई दिएको कर्जामा निश्चित अवधीसम्म स्थिर ब्याजदर’


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले परियोजना, पूर्वाधार तथा पर्यटन क्षेत्रका लागि प्रवाह गरिएको कर्जामा निश्चित अवधीसम्म स्थिर व्याजदर कायम नेपाल राष्ट्र बैंकसमक्ष माग गरेको छ । चेम्बरले बढ्दो ब्याजदर नियन्त्रण गरी व्यवसायिक वातावरण बनाउन आग्रह गरेको छ ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गरी निक्षेपमै उच्चदरको ब्याजदर कायम हुँदा यसको असर कर्जाको ब्याजदरमा समेत पर्न थालेको चेम्बरले उल्लेख गरेको छ । चेम्बरले नियमनकारी निकाय राष्ट्र बैंकसमक्ष हाल कायम स्प्रेड दर, एवं बैंकहरुको आधार समय सान्र्दभिक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ । चेम्बरले राष्ट्र बैंकलाई विभिन्न ९ बुँदामा ध्यानाकर्षण गराएको हो ।

ती बुँदाहरु यस्ता छन :

१. बैंकहरुको आधार दरलाई यथाशक्य न्यूनतम बिन्दुमा कायम गरिनु पर्ने र कर्जामा विगत वर्षहरुमा झैं अधिकतम २ प्रतिशतमात्र प्रिमियम थप हुने गरी व्यवस्था गरिनु पर्दछ ।

२. परियोजना, पूर्वाधार तथा पर्यटन क्षेत्रका लागि प्रवाह गरिएको कर्जाहरुमा निश्चित अवधी सम्म स्थीर व्याजदर कायम गरिनुपर्दछ ।

३. नेपालमा व्यावसाय संचालन प्रक्रिया परम्परागत शैलीमा संचालन भएकोले कारोवारलाइ डिजीटलाइजेशन र उधारो कारोवारलार्ई निरुत्साहित गरिनु पर्दछ ।

४ चेकबाउन्स, कालोसूची लगायतका अन्य प्रक्रीयाका लागि नेपाल राष्ट्रबैंकले निर्देशन जारी गरी व्यवस्थित गरिनुपर्दछ ।

५. निक्षेप लिएर कर्जा प्रवाह गर्दा सोही महिना व्याजदर वृद्धि नगरि ३ महिनापछि मात्रै कायम गर्ने व्यवस्थालाई यथावत राखिनुपर्दछ ।

६. निक्षेपमै उच्च दरको व्याज कायम भयो भने उद्योग व्यवसायमा हुने लगानी निरुत्साही हुने र वित्तिय असन्तुलनको जोखिम बढाउँदछ ।

७. कर्जा प्रवाह र नविकरण गर्दा लिईने विभिन्न प्रकारको असान्र्दभिक सेवा शुल्कलाई हटाईनुपर्दछ ।

८. तरलताको समुचित व्यवस्थापन गर्नका लागि पुँजीगत खर्च समयमै गर्न आवश्यक छ । यसका लागि प्रत्येक त्रैमासिकमा पुजीगत खर्चको समीक्षा र लक्ष्य प्राप्तीको लागि पहल गरिनु पर्दछ ।

९ उच्च दरको आर्थिक वृद्धिका लागि एकल अंकको व्याजदर कायम गरिनुपर्दछ ।


Read Previous

ऋणले थलिँदै खोटाङका लघु जलविद्युत आयोजना

Read Next

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

Leave a Reply

Your email address will not be published.