Nepal Purbadhar

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा    प्रतिकूल मौसमले ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित    दैलेखका ४ गाउँपालिकाका ७ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

पूर्वाधार, पर्यटनलगायत ४ क्षेत्रको कार्यस्थलमा आधारित तालीम संचालन हुने, महासंघले गर्यो संघहरुसँग सम्झौता


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले यूरोपियन यूनियन ब्रिटिश काउन्सिल, दक्षता परियोजना र आइएलओको सहयोगमा विभिन्न चार वटा क्षेत्रलाई समेटेर कार्यस्थलमा आधारित छोटो अवधिको तालीम कार्यक्रम संचालन गर्ने भएको छ ।

कृषि, पर्यटन, उत्पादनमुलक, पूर्वाधार क्षेत्रलाई समेटेर संचालन हुने उक्त तालीम कार्यक्रमसंग जोडिएका महासंघका सदस्य वस्तुुगत संघहरुसँगको समन्वयमा हुनेछ ।

त्यसरी छानिएका वस्तुगत संघहरुमा क्रमशः फुटवेयर म्यानुुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल, रेष्टुुरेन्ट एण्ड वार एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, नेपाल मत्स्य व्यवसायी संघ, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ र नेपाल अलैची व्यवसायी महासंघ रहेका छन । यी संघहरु र नेपाल उद्योग वाणिज्य महासंघ बीच कार्यक्रम कार्यान्वयन सम्बन्धी सम्झौतापत्रमा छुट्टाछुट्टै हस्ताक्षर भएको छ ।

चार महिनाको उक्त परियोजनामार्फत १ सय ५० जनालाई कार्यस्थलमै तालीम दिईने छ र तालीम पश्चात उनीहरुलाई रोजगारीमा समेत परिचालन गरिने छ । तालीम पूर्वमा झापा, मोरङ, सुनसरी र काठमाडौमा संचालन हुने छ ।

पूर्वमा अदुवा, अलैची तथा मत्य व्यवसाय र काठमाडौंमा उत्पादनमुलक (छाला जूत्ता) र पर्यटन (वेटर कुुक, एयर टिकटिङ र टुर प्रडक्ट डेभलपमेन्ट) संग सम्बन्धित छोटो अवधिको कार्यस्थलमा आधारित तालीम संचालन गरिनेछ ।

महासंघ सचिवालयमा आइतबार आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं महासंघको वस्तुुगत परिषदका सभापति अन्जन श्रेष्ठले दक्ष जनशक्ति अभाव भैरहेको अहिलेको समयमा महासंघ, आइएलओ र सदस्य वस्तुुगत संघहरुको संयुक्त सहकार्यमा हुने तालीम कार्यक्रमबाट दक्ष र शीपयुक्त जनशक्ति उत्पादन र आपूर्तिमा ठूलो सहयोग पुुग्ने विश्वास व्यक्त गरे ।

तालीम कार्यक्रम संचालन गर्न आइएलओबाट भएको सहयोगको सह्राहना गर्दै आगामी दिनमा पनि शीपयुक्त जनशक्ति विकासमा अझ बढी सहयोगको अपेक्षा गरेको बताए ।

महासंघका उपाध्यक्ष श्रेष्ठले वार्षिक रुपमा ५ लाख युवा जनशक्ति रोजगारीका लागि श्रम बजारमा प्रवेश गर्ने र जसमध्ये करिव ७० प्रतिशत रोजगारीमा जाने गरेको उल्लेख गरे । तीमध्ये अधिकांश अदक्ष र अर्धदक्षनै जाने गरेको तथ्यांक राख्दै यो अवस्थालाई जतिसक्दो छिटो चिर्नु आवश्यक भएकाले जनशक्ति विकासको महासंघको अभियान यो कार्यक्रमले निकै ठूलो सहयोग पुर्याउने आशा गरे ।

आइएलओका नेशनल प्रोजेक्ट कोअर्डिनेटर शौरमराम जोशीले शीप विकासमा काम गर्ने धेरै संस्थाहरु भएपनि त्यसले राष्ट्रिय आवश्यकतालाई पुरा गर्न नसकिरहेको आजको समस्यालाई संवोधन गर्न आइएलओले महासंघसंग मिलेर यो कार्यक्रम ल्याएको स्पष्ट पारे । यसमा आवद्ध हुने महासंघका सदस्य वस्तुुगत संघहरुको तालीम कार्यक्रमलाई सफल पार्न ठूलो भूमिका रहने पनि उहांले बताए ।

शीप, श्रम र मर्यादित रोजगारीका लागि आइएलओले सधै जोड दिएको पनि उहांले स्पष्ट पारे । आगामी दिनमा महासंघसंग मिलेर अझ धेरै क्षेत्र र संख्यालाई समेटने गरी थप तालीम कार्यक्रममा पनि सहकार्य गर्न सकिने धारणा राखे ।

परियोजनाका साझेदारी वस्तुुगत संघका पदाधिकारीहरुले परियोजनालाई सफल पार्ने कार्यमा प्रतिवद्धता जनाउंदै यो कार्यक्रमले वस्तुुगत संघहरुको संस्थागत विकासमा समेत सहयोग पुुग्ने विश्वास व्यक्त गरे ।

महासंघको स्वास्थ्य तथा शीप विकास समितिका सभापति हेमराज ढकालले छोटो अवधिको यो तालीम कार्यक्रमबाट सम्बन्धित क्षेत्रमा आवश्यक जनशक्ति आपूर्तिमा ठूलो सहयोग गर्ने विश्वास प्रकट गर्दै आफ्नो समितिले शीप विकासका अन्य कार्यक्रमहरु पनि ल्याउन प्रयास गरिरहेको जानकारी गराए ।

कार्यक्रममा महासंघको वस्तुुगत परिषद्का सहसभापति अरनिको राजभण्डारी, महानिर्देशक गोकर्णराज अवस्थी, उपनिर्देशक विदुरचन्द्र लामिछाने, सहायक निर्देशक अजितकुमार गुप्ताको सहभागिता थियो ।

सो अवसरमा महासंघका तर्फबाट परियोजनाको वारेमा संक्षिप्त प्रस्तुती गरिएको थियो । कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्य, सदस्य वस्तुुगत संघका पदाधिकारी, उद्यमी व्यवायीहरुको उपस्थिति थियो ।


Read Previous

‘परियोजना, पूर्वाधार र पर्यटन क्षेत्रलाई दिएको कर्जामा निश्चित अवधीसम्म स्थिर ब्याजदर’

Read Next

तरलता अभावलगायत विषयमा सुझाव दिन अर्थ मन्त्रालयले गठन गर्यो समिति

Leave a Reply

Your email address will not be published.