Nepal Purbadhar

बुधबार, अशोज १२, २०७९
Wednesday, September 28, 2022

बुधबार, अशोज १२, २०७९
Wednesday, September 28, 2022
बजेट पारदर्शितामा नेपाल १२ स्थान तल झर्यो, नागरिक सहभागितामा भने दक्षिण एशियामै उत्कृष्ट अवस्था ठिक नभएका २५ सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा, १४ नियन्त्रणमा कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभुति गर्ने हरित हाइड्रोजनमा लगानी भित्र्याउन ‘नेपाल ग्रीन हाइड्रोजन समीट’ गर्दैछाैंः घले पश्चिम सेती अध्ययन अनुमतिपत्रका लागि भारतीय कम्पनीको आवेदन निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन अध्यादेश (यस्ता छन् विद्युत व्यापारका प्रावधानहरु) कोटेश्वर–सूर्यविनायक सडकमा प्राधिकरणले जोड्यो स्मार्ट बत्ती, झिलिमिली बन्यो सडक २ अर्ब बढी लगानीमा भरतपुर महानगरकाे ढल व्यवस्थापन गरिने

वडाध्यक्ष विष्णुमायाको विकास प्रेम


भर्खरै निर्वाचित वडा अध्यक्ष विष्णुमाया दर्लामीले सबै वडाबासीलाई उपस्थित हुन सूचना जारी गरिन् । वडाका बस्ती टोलहरुमा कस्ता विकास कार्यक्रम सञ्चालन गर्ने भन्नेमा चिन्तित विष्णुुमाया सबैकी प्रिय बनेकी छन् । निर्वाचित भएपछि काम गर्न ढिलो नगरौं भन्ने उनको धारणा छ । उनले भन्ने गरेकी छन् काम गर्न जति ढिला ग¥यो, उति नै गति पक्डिन ढिलो हुन्छ । विकासका लागि उपभोक्ता जागरण उनको चुनावी मुद्दा पनि थियो । उनी विकासमा जनताको विश्वास जित्न चाहन्छिन् ।

वडाबासीहरु भेला हुने दिन शनिवार, समय विहान १० बजे, स्थान फेदीपानी चौर ।
सम्भव भएसम्म श्रीमान श्रीमती दुवै आउनुपर्ने । आउँदा सकेमा आफ्ना घरमा बनाएको अचार, तरकारी, पुरी, वा फलफूल, चिउरा, दही पनि स्वैच्छिक रुपमा ल्याउन सक्ने ।

सूचना हेर्दा सुख्खा वनभोज जस्तो लाग्छ । तर भेला लामो हुँदा आफ्नै खाजाका लागि खानेकुरा भनिएको हुनसक्छ ।
सूचना विद्यालय, चौतारो, किराना पसल, चिया दोकान, पाटी, मन्दिर, धारो, कुवा जस्ता मानिसहरु जमघट हुने स्थानमा टाँसिएको छ । जतासुकै सूचना टाँस्नुको आशय भेलामा सबै वडावासीको उपस्थिति होस भन्ने हो ।

दुुई कार्यकाल आफूूले केही गर्न सकिन जस्तो लाग्छ । सबैले सघाएकै हुन्, समय त सिफारिस गरेर, पार्टीको गफ गरेर त्यत्तिकै वितेछ । स्कुलको पनि छाना चुहिन्छ । बाटोेका डिल भत्केका छन्, नाला पुरिएका छन् । महिलाहरु पानी लिन त्यै फेदीपानीमा नधाइ सुख छैन । यो बुढाले केही गरेन भन्लान कि ? समय त्यसै वितेछ । गर्न नसकेको कामका लागि मुख रातो लगाउनु पर्ला कि भन्ने चिन्ता छ ।

गाउँलेहरु पानी पँधेरो, गोठाला जाँदा, चिया पसल आदि ठाउमा खासखुस कुरा गर्न लागेका छ्न–पहिलाका वडा अध्यक्षले त यस्तो भन्दैनथे । चेली वडा अध्यक्ष बनाएपछि कहिले आमा समूहको बैठक, कहिले सुडेनी भेला, कहिले उपभोक्ता समिति गठन, कहिले जेष्ठ नागरिक भेला, कहिले किसान भेला । खोइ के गर्न खोजेकी हुन् ।

चिया पसलमा मुकुन्दले भनीहाले –महिला उत्ताउलिएको जाति हुन्न भन्छन् । धर्म संस्कृतिको ख्याल गर्नुपर्ने ।
पण्डितको भनाइ बेग्लै छ । धर्म, शास्त्रले नारी पुरुषको भेद गर्दैन । धर्ममा बरु देवी, भगवतीलाई शक्ति स्वरुपा देखाइएको छ । पुराण, श्रुतिहरुमा गार्गी, मैत्रेयी जस्ता विदुुषीको महिमा छ । सृष्टिकर्तालाई अवहेलना गर्नु हुन्न ।

मुकुन्द अव चुप लागे । पण्डितको कुरामा धेरैको विश्वास छ । धर्मको व्याख्या पण्डित–पुरोहितले गर्दै आएका छन् । गाउमा पण्डित, पुरोहितलाई मान्दै आएका छन् ।

खेताला मजदुरी गरेर दैनिक गुजारा गर्नेको तर्क बेग्लै छ । ‘भेलामा गएर पेट भरिदैन । दैनिक खोताला नगइ विहान बेलुका चुल्हो बल्दैन ।’
विष्णुु मायाका कानमा सबैखाले आलोचना, प्रशंसा पुगिहाले । उनी प्रशंसामा खुसी र आलोचनामा रक्षात्मक रहिनन् । उनले विषयगत उपभोक्ता समितिको महत्वका विषयमा छोटो लेखोट तयार पारिन । वडाका ९०३ मध्ये सवैजसो घरमा केही मिनेट भएपनि आफै पुुगेर लेखोट बाँडिन । सोधिएका कुरा प्रष्ट पारिन । वडाले के गर्नुपर्छ, वडाप्रति वडावासीको भावना के रहेछ, आफैले प्रत्यक्ष बुझिन । तर भन्न छाडिनन् वडा भेलामा सबै घरबाट आउनुपर्ने र त्यही कुरा विस्तृतमा छलफल गर्ने ।

वडाबासीहरु बस्तुुभाउलाई घाँस पानी दिएर, बालबच्चालाई खाना खुवाएर फेदीपानी चौरमा भेला भए ।
विष्णुमायाले भेला स्थल पनि गजवको छानेकी छन । वरिपरि पातल (वन), बीचमा खुला चौर, चौरको बीचमा लाकुुरीकोे ठूलो चौतारो र चौरको दक्षिण कुनामा संधै पानी भरिइरहने जोरकुवा । वडाको समृद्धि र विकासका लागि यस्तै ठाँउमा खुला छलफल गर्नुपर्छ ।
सबैको ध्यान विष्णुमायाका विरुद्ध चुनाव उठेका उपविजेता शिवलाल तर्फ थियो । शिवलाल पक्कै आउँदैनन् । उनि नआए उनलाई भोट दिनेहरु पनि नआउन सक्छन् । सबैका उत्सुकता त्यसैतर्फ थियो ।

विष्णुमायाले आफ्ना पिता समानका उपविजेता शिवलाललाई सबैभन्दा पहिला भेलाको निम्तो दिएकी रहिछन् । ‘बुुबा हजुर त पहिला पनि दुुई कार्यकाल काम गरिसक्नुभएको अनुुभवी व्यक्ति । भेलामा आएर यो चेलीलाई सघाउनुपर्छ नि, अनुुभवले सिकाउनु पर्छ । मैले त के जानेकी छु र ?’ ।

उनले भनेकी थिइन–चुनावको दिनसम्म मात्र प्रतिस्पर्धी । अव विकासका मुद्दामा पार्टी पनि छैन, प्रतिस्पर्धा पनि छैन । हजूर नआए यो चेलीको चित्त संधैका लागि बिजाउने छ ।

यो कुटनीति होइन, विकास नीति हो । अव राजनीति, कुटनीति चल्दैन, विकास नीति मात्र चल्छ ।

शिव पनि समझदार नै थिए । ‘के भनेकी नानी, म आइहाल्छु नि । घरमा मेरो काम पो के छ र ? छोराछोरी हुर्किसके, तिमीभन्दा पाका भैसके । ढुक्क बन, सबैभन्दा पहिला आउने मै हुन्छु । प्रतिस्पर्धा त चुनावको दिनसम्मका लागि थियो । फेरी दुुई कार्यकाल तिमीहरुले सघाएकै थियौं ।’
शिवलाल अक्मकिदै विष्णुमायालाई भनेका थिए–…तर दुुई कार्यकाल आफूूले केही गर्न सकिन जस्तो लाग्छ । सबैले सघाएकै हुन्, समय त सिफारिस गरेर, पार्टीको गफ गरेर त्यत्तिकै वितेछ । स्कुलको पनि छाना चुहिन्छ । बाटोेका डिल भत्केका छन्, नाला पुरिएका छन् । महिलाहरु पानी लिन त्यै फेदीपानीमा नधाइ सुख छैन । यो बुढाले केही गरेन भन्लान कि ? समय त्यसै वितेछ । गर्न नसकेको कामका लागि मुख रातो लगाउनु पर्ला कि भन्ने चिन्ता छ ।

‘होइन बुुबा त्यस्तो स्थिति आउँदैन । हजूर त वडा कै अभिभावक हो । म छु नि ।’
विष्णुमायाको आग्रहपछि शिवलाल ढुक्क भएका थिए ।

भेलाको बीचमा वडा अध्यक्षसंग शिवलाल बसेका थिए, त्यसपछि वडा सदस्यहरु । भेलामा खासखुस चल्न थाल्यो ‘विरोधी भनेको त बाबुछोरी जस्तो पो बसेका छन्’ हर्कमानले जीतबहादुरसंग कानेखुसी ग¥यो । मानबहादुरले सानुमानलाई भन्दै थिए ‘यो मिल्ती होइन, विष्णुमायाले शिवलाललाई धतुरो झार्न खेलेको कुटनीति हो ।’

खासखुस साउती शिवलालको कानमा पुगी हालेछ, कुर्लिदै भने ‘होइन साथी हो हामीमा त्यस्तो धतुरो झार्नुपर्ने केही छैन । अव वस्ती विकासमा एकजुट हुनुपर्छ म एक पाइला अघि बढेर सहयोग गर्छु । वडा अध्यक्षज्यूले चुनावी कुरा भुलिसक्नु भो । अव त्यो सम्झनुको कुनै अर्थ छैन ।’
वडा अध्यक्ष विष्णुमयाले थपिन –पूर्व अध्यक्षज्यूको कुरा सा¥है मनासिव छ । यो कुटनीति होइन, विकास नीति हो । अव राजनीति, कुटनीति चल्दैन, विकास नीति मात्र चल्छ । म पूर्व वडा अध्यक्ष्यज्यूलाई हार्दिक नमन गर्दछु ।

सवैले पर्रररर्र ताली बजाए । चौरका वरिपरि र लाकुरीका हाँगामा बसेका जुरेली, कोइली, सारङहरु रुख रुखमा चिरविरको जुवारीमा भेलाको स्वागत गरिरहेका थिए ।

गाँउका धेरै महिलाहरुमा आङखस्ने समस्या छ, मासिक धर्ममा बढी रगत बग्ने समस्या छ । हामी महिला लाजले पनि खुलेर कुरा भन्न सक्दैनौं । महिला नै वडा अध्यक्ष भएको अवधिमा गाँउमा मासिक रुपमा महिलाको स्वास्थ जाँच गर्ने व्यवस्था होस् । त्यसैको माग छ ।

गाँउकी पढे लेखेकी रविना थिङ विष्णुमायाको सहयोगीका रुपमा निर्णय पुस्तिका लिएर पछिल्तिर बसेकी छन् । सबैको उपस्थिति उठाइ सकिन । उपस्थिति त तीन सय पनि पुुगेनछ ।

सभाध्यक्षका हैसियतले विष्णुमायाले भेलाको विषयमाथि प्रकाश पारिन । आफूले जितेपछि पाँच वर्षमा के गर्ने, कस्ता काम गर्ने, उपभोक्ता समूहरुले कसरी काम गर्ने र पालिकाले त्यहाँ कसरी सहयोग पुु¥याउन सक्छ भनेर भन्दै सवैलाई ढुक्क भएर गाँउ टोलका आवश्यकता, गर्नुपर्ने काममा सुुझावको लागि आह्वान गरिन् ।

सिमलटोलका कुवेरले हात उठाए–हाम्रो टोलमा पानीको मूल सुुक्न लाग्यो । महिलाहरु दुुई गाग्री पानीका लागि विहान विताउँछन् । हाम्रो टोलमा पानीको व्यवस्था गर्न जोडदार माग राख्छु ।

मसिनीले हात उठाइन, वडा अध्यक्षको सङ्केतपछि कुरा राख्न थालिन–अध्यक्षज्यू पहिलो पटक विकास भेलामा हामी घर गृहस्थीको चारदिवरीमा बस्ने महिलालाई निम्तो गर्नु भएकोमा खुसी व्यक्त गर्दै म केही माग भनौं कि सुुझाव भनौं, राख्न गैरहकी छु । गाँउका धेरै महिलाहरुमा आङखस्ने समस्या छ, मासिक धर्ममा बढी रगत बग्ने समस्या छ । हामी महिला लाजले पनि खुलेर कुरा भन्न सक्दैनौं । महिला नै वडा अध्यक्ष भएको अवधिमा गाँउमा मासिक रुपमा महिलाको स्वास्थ जाँच गर्ने व्यवस्था होस् । त्यसैको माग छ ।
सवै महिलाले टर्ररररर्र ताली बजाए र समर्थन जनाए ।

यत्तिकैमा गाँउकै बयोबृद्ध हुत्तराज शर्मा लरखराएर बोले, अध्यक्ष नानी मैले मसिनी मैयाको कुरामा थप्न चाहेको । सबै ज्येष्ठ नागरिकको पनि नियमित स्वास्थ्य जाँच गर्नुपर्छ मोतियाविन्दू, चिनी रोग, प्रेसर र घुँडा जाम हुने समस्या हामीहरुमा छ ।

विष्णुमाया उठिन ‘हुत्तराज बुुबा वडाकै आदरणीय अभिभावक । कति राम्रा कुरा उठाउनु भो । बुुबा एउटा एकीकृत स्वास्थ्य चौकी नै खोलौला । चौकीमा आउन नसक्नेका लागि घर घरमा स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउला । मलाई आमा बुवा, दिदी दाइ, भाइ बहिनी सबैको सहयोग चाहिन्छ ।

सबैले जोडले ताली बजाए । तालीको आवाज ठूलो भयो क्या, लाकुरी बोटका चराहरु एकसाथ भुर्ररर उडे, छेउ छाउ रुखका चराहरु पनि भागभाग गरे ।

सवैले आआफ्नो घर वरिपरि सफा राख्नुपर्छ, नयाँ घर बनाउदा उज्यालोका लागि सोलर प्यान राख्नुु पर्छ, त्यसमा वडाले सहयोग गर्छ, प्रत्येक घरमा कम्तीमा दुुईटा विरुवा रोप्नुहोस, करेसावारी व्यवस्था गर्नुहोस्, बासी र झिंगा भन्केको खानेकुरा नखानोस, आँगन र घर नजिक पानीको डोविल्का हुन नदिनुहोस्, लामखट्टेले डेङ्गु फैलाउन सक्छ ।

डाडा गाउको बिर्खबहादुर खुट्टा टेक्न नसक्ने गरी लरबराउदै आइपुुगे र फतफताउन थाले । भेलाका सबै हाँस्न थाले । स्वयम्सेवकले बस्न भन्दै थिए, उ कहाँ मान्थ्यो ? ‘दिउसै कति धोकिस ए बिर्खे’ ? बुढापाका गालीको भाकामा सम्झाउन थाले । बिष्णुमाया बिर्खबहादुरलाई सम्झाउन थालिन । उ पनि मसिनो स्वरमा भत्भताउदै चुप बस्यो । सबैले महशुस गरे, जाँडरक्सी विरुद्ध नागरिक जागरण चाहिन्छ । त्यसको अगुवाइ बिर्खबहादुर जस्ताले नै गर्नुुपर्छ ।

क्रमशः भेलाले हाट बजारको माग ग¥यो, हप्ताको एकदिन शनिवार हाट खोलेर दैनिक आवश्यकताका वस्तुहरु किनवेच गर्ने परम्परा बसाउन चाहे । प्रत्येक गाँउमा सजिलै जान सकिने, ठिकैको मोटर, ट्याक्टरसम्म जाने, बेसीमा सिचाइ कुलो, एउटा बहुुउद्देश्यीय सहकारी संस्था, एउटा शितभण्डार, एउटा सांस्कृतिक क्लव, एउटा सीप विकास केन्द्र, एउटा पुस्तकालयको पनि प्रस्ताव पारित भयो ।

स्कुल विदा भएकाले आठदश जना स्कुुले केटाकेटी पनि भेलामा पुुगेका थिए । सबैले आआफ्नै माग राखेको तर बालबच्चाको कुरा नआएको देखी भुपिनले आफ्नै तालले भने–स्कुलको खेल मैदानको डिल भत्केको छ । हामी पनि बाल क्लव गठन गर्छौ, खेल मैदान वडाले बनाउनु पर्छ ।
भूपिनको माग पनि सबैको सहमति भयो ।

वडाबासीले आफूमा बाँडेर खाजा पनि खाइरहेका छन् । स्वयम् सेवकले पानी, चिया दिएर सहयोग गरिरहेका छन् ।
छलफलमा उठेका कुराहरु मजबुन उतारेर रविनाले विष्णुमायालाई दिइन । भेलामा प्राप्त भएका सुुझाव र मागहरुका बारेमा विष्णुमायाले एक एक गरी प्रस्तुत गरिन । सबै विषयहरुको विकास संयोजन गर्न त्यस विषयसँग सम्बन्धित र अभिरुचि पनि भएका पाँच पाँच जना समावेश भएको उपभोक्ता समिति, र केही व्यवस्थापन समिति बनाउन प्रस्ताव गरिन । पछि वडा समितिबाट औपचारिकता दिने गरी समितिका अध्यक्षहरुको नाममा सबैले सहमति जनाए ।

भेलाको अन्तमा बिष्णुमायाले घर परिवार व्यवस्थापन गर्न सुुझाव दिदै भनिन–हजूरहरु सवैले आआफ्नो घर वरिपरि सफा राख्नुपर्छ, नयाँ घर बनाउदा उज्यालोका लागि सोलर प्यान राख्नुु पर्छ, त्यसमा वडाले सहयोग गर्छ, प्रत्येक घरमा कम्तीमा दुुईटा विरुवा रोप्नुहोस, करेसावारी व्यवस्था गर्नुहोस्, बासी र झिंगा भन्केको खानेकुरा नखानोस, आँगन र घर नजिक पानीको डोविल्का हुन नदिनुहोस्, लामखट्टेले डेङ्गु फैलाउन सक्छ । महिलाहरुको फुर्सदमा पेवा बढाउने काम गर्नुहोस्, पालिकाबाट सहयोग दिलाउँछु र हात जोड्दै भनिन रक्सी जाँड नखानुहोला, त्यसले परिवार नै विगार्छ ।

म अन्तमा आह्वान गर्छु गाँउको बाटो र खुला क्षेत्रका छेउछाउमा बोधिचित्त, रुद्राक्ष र ओखरको बोट लगाऔं । बाटोको सौन्दर्य पनि, हरियाली पनि बढ्छ । मूलबाटोका ठाँउ ठाँउमा ओत लाग्ने ठाँउ बनाउने काम पनि वडाले गर्छ । आय आर्जन गर्ने योजना बनाऔं, हामी स्वावलम्वी बन्नुपर्छ । यी काममा म सबैको साथ र सहयोग रहने अपेक्षामा छु । यो भेला शुरुवात हो, छ छ महिनामा यसको समीक्षा गरांैला । आमा बुुबा, दाजुु दिदी सवैले वडाको विकासका लागि देखाउनुु भएको उत्साहका लागि हार्दिक आभार छ । आजको भेला यही सकिएको घोषणा गर्दछु ।
घर फर्किदै गर्दा वडाबासीहरु कुरा गर्दै बाटो तताउदै थिए–होइन, वडा अध्यक्ष नानी त साँच्चै विकासप्रेमी पो रहिछन् । कति अध्यक्ष आए, गए के भो र ? सबै प्रतिनिधि यस्ता भए पो ।

रत्नबहादुरले आफूू दुख गरेर पनि छोरीलाई दुुई अक्षर पढाएको फल हो यो । गाँउमा मत्वाली भनेर मगरलाई कति हेला गर्थे । होइन, विगतलाई छोडौं अव जुटौ । हिजो हामी सबैमा कमजोरी थिए होलान् ।

हिजोलाई गाली गरेर समृद्धि र विकास आउँदैन ।

मैनाली निवास
क्षितिज मार्ग, शंखमूल ।


Read Previous

सन्तुलित कुटनीतिमार्फत ठूला पूर्वाधार आयोजनामा वैदेशिक सहायता भित्राउनु पर्नेमा जोड

Read Next

गत साताभरि ‘पूर्वाधार बहस’मा रमाउँदा

Leave a Reply

Your email address will not be published.