Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

निजी क्षेत्र प्रोत्साहित हुने गरी काम गर्छु : महानिर्देशक चटौत


काठमाडौं । विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक चिरन्जीबी चटौतले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी काम गरिने बताएका छन् ।

महानिर्देशकमा नियुक्त भएपछि बधार तथा शुभकामना ज्ञापन गर्न गएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान) का पदाधिकारीसँगको भेटमा उनले विभाग र ईप्पानबीच नङ र मासुजस्तै सम्बन्ध रहेको उल्लेख गरे । ‘ऊर्जा विकासको गति यो ठाउँसम्म आइपुग्न निजी क्षेत्रको ठूलो योगदान रहेको हुदा आगामी दिनमा पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्न कुनै कसर बाँकी राख्दिन’ उनले भने ।

ऊर्जा विकासमा समस्या भएको सबैले मनन गरेको सन्दर्भमा अब सबैतिरबाट समाधानमा ठोस पहल हुने महानिर्देशक चटौतको भनाई छ । ‘नियम कानुनको परिधिभित्र रहेर विभागले समयमै, छिटो, छरितो र चुस्त दुस्त कार्य सम्पादन गर्नेछ’ उनले भने । विभागको मुख्य काम नै ऊर्जा क्षेत्रमा संलग्न निजी क्षेत्रलाई प्रोत्साहन गर्दै ऊर्जा क्षेत्रको प्रवद्र्धन गर्नु हो रहेको छ ।

विभागमा लामो अनुभव भएको व्यक्ति महानिर्देशक भएर आएको हुँदा काममा सहज हुनुको साथै ठूलो अपेक्षा र आशा रहेको ईप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । ‘ऊर्जा क्षेत्रमा समस्याको चाङ छन् । यस कार्यालयसँग सम्बन्धित मात्र नभई अन्य सरकारी कार्यालयसँग सम्बन्धित समस्याहरुको सहजीकरणा गर्नमा पनि सहकार्य र सहजीकरण हुन्छ भन्ने हामीलाई बिश्वास छ ।’ उनले भने ।

अध्यक्ष आचार्यले ईप्पान र विभाग एउटै सिक्काका दुई पाटा भएको बताउँदै आपसी सहकार्य र समन्वयबाट मात्र ऊर्जा क्षेत्रको विकास र प्रवद्र्धन हुनेमा जोड दिए ।

विभागका काममा ईप्पानको तर्फबाट समेत सम्पूर्ण सहयोग रहने बताउँदै अध्यक्ष आचार्यले नवनियुक्त महानिर्देशकको कार्यकाल ऊर्जा क्षेत्रको प्रवद्र्धनमा स्मरणयोग्य हुने विश्वास व्यक्त गरे ।

बधाई तथा शुभकामना दिन ईप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्य, उपाध्यक्ष गणेश कार्की र मोहनकुमार डाँगी, महासचिव गोरे शेर्पा, सचिवहरु बलराम खतिवडा, भरत खत्री, सदस्यहरु बिक्रम बिष्ट, उत्तम ब्लोन लामा, भरत खड्का उपस्थित थिए ।


Read Previous

अरुण-३ काे भाैतिक प्रगति ६२ प्रतिशत,लक्ष्य अगाडि नै विद्युत उत्पादनकाे तयारी

Read Next

चेपेखोलाबाट विद्युत उत्पादन सुरु, ८.६ मेगावाट विद्युत प्रसारण प्रणालीमा थप

Leave a Reply

Your email address will not be published.