Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

उच्च क्षमताका ३४ प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माणाधीन


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न भोल्टेज क्षमताका ३४ प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माण गरिरहेको छ । देशको प्रसारण प्रणालीको गुणस्तर सुधार तथा निजी क्षेत्रले विभिन्न जिल्लामा निर्माण गरिरहेका जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने उद्देश्यले यी प्रसारण लाइन एवं सबस्टेसन आयोजना निर्माण भइरहेका हुन् ।

प्राधिकरणको प्रसारण निर्देशनालय अन्तर्गत उच्च क्षमताका २१ प्रसारण लाइन आयोजना अहिले निर्माणाधीन छन् । यी मध्ये केही प्रसारण लाइन आयोजना चालू आर्थिक वर्षभित्र सम्पन्न हुँदैछन् भने अधिकांश सन् २०२४ भित्र सम्पन्न हुने गरी निर्माण भइरहेको प्राधिकरणले जनाएको छ ।

निर्देशनालय अन्तर्गत ४०० केभी हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइन निर्माणाधीन छ । यो प्रसारण लाइन नेपाल–भारतबीच विद्युत व्यापार गर्ने उद्देश्यले निर्माण भइरहेको छ । यो प्रसारण लाइन धेरै पहिलेबाट निर्माण भइरहेको भए पनि स्थानीय अवरोधका कारण काम अगाडि बढ्न नसकेकाले अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।

निर्देशनालय अन्तर्गत नै रसुवा तथा नुवाकोटको विद्युत प्रवाह गर्ने गरी २२० केभी चिलिमे–त्रिशूली प्रसारण लाइन आयोजना निर्माणाधीन छ । यो आयोजना अन्तर्गत नै २२०/१३२/३३ केभी चिलिमे हब सबस्टेसन पनि निर्माणाधीन छ ।

नुवाकोटमा २२०/१३२/३३ केभी केभी त्रिशूली–३ बि हब सबस्टेसन निर्माणाधीन छन् । निर्देशनालयका अनुसार चिलिमे–त्रिशूली र त्रिशूली थ्री बि हब सबस्टेसन आयोजना चालू आर्थिक वर्षभित्र सम्पन्न हुँदैछन् । यी आयोजना यसअघि नै सम्पन्न भई सञ्चालनमा आइसक्नु पर्ने भए पनि विविध कारणले निर्माण लम्बिँदा सम्पन्न हुन सकेका छैनन् ।

यस्तै, २२० केभी कोसी कोरिडोर अन्तर्गत प्रसारण लाइनको ढुंगेसाँघु–बसन्तपुर खण्ड निर्माणाधीन छ । यो प्रसारण लाइन सन् २०२३ मा सम्पन्न गर्ने तालिका छ । प्रसारण लाइन अन्तर्गत ताप्लेजुङको ढुंगेसाँघुमा सबस्टेसन पनि निर्माण भइरहेको छ ।

धरानमा २२०/३३ केभी सबस्टेसन निर्माणाधीन छ । रामेछाप जिल्लामा निर्माण हुने आयोजनाको विद्युत प्रवाहका लागि १३२ केभी रामेछाप–गर्जाङ–खिम्ती प्रसारण लाइन निर्माणाधीन छ । यो प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । अहिलेसम्ममा यो प्रसारण लाइन पनि सञ्चालनमा आइसक्नु पर्नेमा स्थानीय अवरोधका कारण सम्पन्न हुन सकेको छैन ।

यस्तै, नेपाल–भारतबीच विद्युत आदान–प्रदानका लागि बनाइएको १३२ केभी कुसाहा–कटैया प्रसारण लाइनको दोस्रो सर्किटको काम भइरहेको छ । दोस्रो सर्किटको काम चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।

दोर्दी कोरिडोरका जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइन पनि निर्माणको अन्तिम चरणमा छ । यो प्रसारण लाइन पहिले नै निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेकोमा गत वर्ष बर्खामा आएको बाढीले प्रसारण लाइनको ४ वटा टावर बगाउँदा त्यसको पुनर्निर्माण गर्नु परेकोले काम भइरहेको छ ।

यसैगरी, १३२ केभी बुटवट–लुम्बिनी प्रसारण लाइन आयोजना निर्माणाधीन छ । त्यस क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणालीको गुणस्तर सुधार गर्न यो प्रसारण लाइन निर्माण भइरहेको प्राधिकरणले जनाएको छ ।

१३२ केभी बर्तिबाङ–पउडी अमराई प्रसारण लाइन र १३२/३३/११ केभी बोराङ, पाउडी अमराई र तमघास सबस्टेसन आयोजना निर्माणाधीन छन् । यो प्रसारण लाइन र सबस्टेसन आयोजना पनि चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।

यस्तै, १३२ केभी कुसाहा–विराटनगर,ढल्केबर लोहरपट्टी, कालीगण्डकी–रिडी, लालबन्दी–सलिमपुर, ढल्केबर–बालगंगा, भुमाइ–हाकुई प्रसारण लाइन आयोजना अहिले निर्माणाधीन छन् । १३२ केभी सुनवल सबस्टेसन निर्माणाधीन छ भने १३२ केभी मलेखु सबस्टेसनको स्तरोन्नति भइरहेको प्राधिकरणले जनाएको छ ।

यसैगरी, आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत १३ प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माणाधीन छन् । यो निर्देशनालय अन्तर्गत २२० केभी बाह्रबिसे सबस्टेसन निर्माणाधीन छ । काठमाडौं उपत्यकाको प्रसारण क्षमता विस्तारका लागि १३२ केभी सबस्टेसनको का भइरहेको छ । २२० केभी मर्स्याङ्दी कोरिडोर र यस अन्तर्गतच भरतपुर, उदिपुर, खुदी र धारापानीमा सबस्टेसनको काम भइरहेको छ ।

निर्देशनालय अन्तर्गत नै २२०/१३२ केभी सबस्टेसन आयोजना अघि बढेको प्राधिकरणले जनाएको छ । ४०० केभी नयाँ खिम्ती–बाह्रबिसे–लप्सीफेदी प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माणाधीन छन् । यसैगरी, १३२ केभी परवानीपुर–पोखरिया, काठमाडौं उपत्यकाको प्रसारण प्रणाली सुधार आयोजना–२ अन्तर्गत बालकुमारीमा सबस्टेसन निर्माणको काम पनि अगाडि बढेको छ ।

१३२ केभी बोराङ–लापाङ तथा २२० केभी लापाङ–रातमाटे प्रसारण लाइन आयोजना समेत निर्माणमा गएको प्राधिकरणले जनाएको छ । १३२ केभी घोराही–माडीचौर, डाँडाखेत–राहुघाट प्रसारण लाइन तथा १३२ केभी पाङटाङ र केरउन सबस्टेसन पनि निर्माणाको चरणमा छन् ।


Read Previous

विद्युत आयोजनाको सेयरको विषय ऐन संशोधन विना कार्यान्वयन हुँदैनः ऊर्जा मन्त्रालय

Read Next

पूर्वाधार विकास र पर्यटकीय क्षेत्रको संरक्षण मन्त्रालयको प्राथमिकतामा: पर्यटन मन्त्री श्रेष्ठ

Leave a Reply

Your email address will not be published.