Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

१ महिनामा तयार हुँदै दोर्दी कोरिडोर प्रसारण लाइन,निर्माण सकिएका आयोजनाको विद्युत जोडिने


काठमाडौं । दोर्दी बेसिनका जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न निर्माण भइरहेको १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइन अबको १ महिनामा तयार हुने भएको छ । गत वर्ष बर्खाको बाढीले क्षतिग्रस्त प्रसारण लाइनको पुनर्निर्माणको काम सम्पन्न हुन लागेको हो ।

बाढीले निर्माण पूरा भइसकेको प्रसारण लाइनको टावर ४ वटा टावर बगाउँदा पुनः निर्माण गर्नु परेको हो । अहिले प्रसारण लाइनको ४ मध्ये २ वटा टावरको पुनर्निमाण सम्पन्न गरी तार समेत तानिसकेको आयोजना प्रमुख रमेश पौडेलले बताए ।

‘बाढीले बगाएपछि प्रसारण लाइनको ४ वटा टावर पुननिर्माण गर्नुपर्ने थियो । ती मध्ये २ वटा टावर खडा भइसकेका छन्,’ उनले भने, ‘अब २ वटा टावर ठड्याउन बाँकी छ । ठेकेदारले १ महिनामा सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ ।’ उनले प्रसारण लाइनको सबैभन्दा कठिन काम जग हाल्ने भएको र यो काम सम्पन्न भइसकेकाले बाँकी टावर ठड्याएर तार तान्न धेरै समय नलाग्ने बताए ।

बढीले जग्गासहित प्रसारण लाइनको टावर बगाएकाले नयाँ टावर राख्न जग्गा अधिग्रहण गर्नु परेको थियो । बाढीले प्रसारण लाइनको ४ वटा टावरमा मात्रै क्षति गरे पनि जग्गा खरिददेखि उपकरण आयातसम्मको सबै प्रक्रिया पूरा गर्नु परेका कारण सम्पन्न गर्न धेरै समय लागेको पनि पौडेलले बताए ।

प्रसारण लाइनको उपकरण आयात गर्न समेत धेरै समय लागेको उनले जानकारी दिए । अहिलेसम्ममा ३ वटा टावरको उपकरण आयात भइसकेको छ । एउटा टावरको उपकरण आयोजना स्थलमा आइपुग्न बाँकी छ ।

बर्खाको बाढीले प्रसारण लाइनको टावर बगाउँदा ३ करोड रुपैयाँ बढीको आर्थिक क्षति भएको थियो । यो प्रसारण लाइन आयोजना अन्तर्गतको कीर्तिपुर सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।

यो प्रसारण लाइन तयार हुँदा दोर्दी बेसिनमा विद्युत उत्पादनको तयारमा पुगेका जलविद्युत आयोजनाको विद्युत प्रवाह हुनेछ । दोर्दी बेसिनमा २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २७ मेगावाटको दोर्दी खोला र १२ मेगावाटको दोर्दी–१ आयोजना विद्युत उत्पादनको तयारीमा छन् । ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेको छ ।

दोर्दी बेसिनका आयोजनाको विद्युत मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको स्वीचयार्डसम्म पुर्याइनेछ । विद्युत मध्यमर्स्याङ्दीको स्वीचयार्डसम्म पुर्याउन २२० केभी मर्स्याङ्दी कोरिडोरको ६ किलोमिटर प्रसारण लाइन उपयोग हुनेछ ।

मर्स्याङ्दी कोरिडोर प्रसारण लायन तयार भइनसकेका कारण अहिले वैकल्पिकरूपमा मध्यमर्स्याङ्दीको स्वीचयार्डमा जोड्न लागिएको हो । मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनको ६ किलोमिटर खण्ड निर्माणको अन्तिम चरणमा छ ।


Read Previous

भारतले ७ वर्षमा नवीकरणीय ऊर्जाको हिस्सा २० प्रतिशत विन्दु र भण्डारण ३ प्रतिशत विन्दुले बढाइने

Read Next

‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको लागि आवेदन माग

Leave a Reply

Your email address will not be published.