Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको लागि आवेदन माग


काठमाडौं । ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको लागि नबिल बैंकले दोस्रो ब्याचका लागि खुल्ला रुपमा आवेदन माग गरेको छ ।
पहिलो ब्याचको कार्यक्रम सफलतापूर्वक संचालनसंगै नबिल बैकले दोस्रोपटक खुल्ला आवेदन माग गरेको हो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल आफ सोसल इन्टरप्रेनरशीप इण्डियाको प्राविधिक सहयोगमा संचालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ ।

कृषि, पर्यटन, उर्जा, वातावरण संरक्षण, सुचना प्रविधि लगायतका क्षेत्रमा नविनतम सोच भएका १८ देखि ५० वर्ष पुगेका नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् । सामाजिक उद्यमशीलतालाई प्रबद्र्धन गर्ने लक्ष्य बोकेको यस कार्यक्रम ६ महिनासम्म चल्नेछ । साथै हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ ।

तालिम अवधिभर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरुलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्नेछ ।

आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि शुरु गरिएको यस फेलोसिप कार्यक्रमको पहिलो ब्याचमा २० जनालाई छनौट गरिएको थियो । विभिन्न पृष्ठभुमिबाट आएका सहभागीहरुले सामाजिक उद्यम संचालनका निम्ति आवश्यक कानूनी तथा कर सम्बन्धीका ज्ञान, व्यवासायको ब्राण्डिङ्ग, बजारिकरण आदि जस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए । विभिन्न अन्र्तक्रिया कार्यक्रम तथा प्रक्रियाहरुद्वारा सहभागीहरुलाई प्राविधिक तथा व्यवहारीक ज्ञान उपलब्ध गराइएको थियो । आवेदनको अन्तिम दिन बैंकले भदौ २० तोकेको छ ।


Read Previous

१ महिनामा तयार हुँदै दोर्दी कोरिडोर प्रसारण लाइन,निर्माण सकिएका आयोजनाको विद्युत जोडिने

Read Next

सामुदायिक विद्युतीकरण मोडेलको दिगो विकल्प खोज्न सुझाव

Leave a Reply

Your email address will not be published.