Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण    उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत    तनहुँकाे व्यासमा सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता    म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण    लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन

म्यानमारमा नेपालको पर्यटन प्रवर्द्धन,‘एक पटक पुग्दै पर्ने देश’


काठमाडौं । म्यानमारस्थित नेपाली दुतावासले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गरेको छ । दुतावासले शनिबार ‘नेपालः जीवनका अनुभवहरूको गन्तव्य’ नारा दिइएको विशेष कार्यक्रम आयोजना गरी  नेपालका विभिन्न पर्यटन गन्तव्यहरूको प्रवर्द्धन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत खुमानसिंह तामाङले कोभिड–१९ महामारी नियन्त्रणमा आएसँगै नेपाल अन्तर्राष्ट्रिय पर्यटकका लागि खुल्ला भएपछि पर्यटन क्षेत्र फस्टाउन सुरु गरेको बताए । उनले म्यानमारबाट वार्षिक ५० हजार पर्यटक नेपाल भित्रनुले २ देशबीचको सम्बन्ध अझै सुमधुर बनेको बताए ।

‘पर्यटनले देश र यी देशमा बसोबास गर्ने नागरिकलाई नजिक ल्याएको छ’ उनले भने । उनले लुम्बिनी, सगरमाथालगायतका पर्यटकीय गन्तव्य र सगरमाथाको फेदीमा बसोबास गर्ने स्थानीयबासीको गतिविधिको वर्णन पनि गरे ।

म्यानमारका वरिष्ठ भिक्षु प्राध्यापक डा.आशिन नन्दले नेपाल आन्तरिक शान्तिका लागि जीवनमा एक पटक भ्रमण गर्नु पर्ने देश भएको बताए । ‘नेपालको हिमाल, पहाड र यहाँका तालहरू मनलाई शान्ति र शितलता दिन्छ,’ उनले भने, ‘यही कारण पनि एक पटक पुग्दै पर्ने देश हो नेपाल ।’

खिन नंदा ट्राभल्सका प्रबन्ध निर्देशक डा.खाइङ थाजिन ह्विनले अहिलेसम्म २० पटक नेपाल भ्रमणमा आएको अनुभव सुनाइन् । उनले बुद्धको जन्म स्थल लुम्बिनी घुम्न सबै म्यानमारबासीमा आग्रह समेत गरेकी छन् ।

‘नेपालमा घुम्न लायक धेरै ठाउँहरू छन् । सगरमाथामाथि पर्वतीय उडान छ । पोखरामा प्याराग्लाइडिङ र त्रिशूली नदीमा साहसिक र्याफ्टिङ र मनोरम दृश्यका लागि उत्कृष्ट स्थानहरू हुन्’ उनले भनिन् ।

उनले नेपाल आउन दूतावासको भिसा प्रक्रिया पनि सजिलो र सरल भएको बताइन् । उनले अब अनलाइन प्रविधिबाटै भिसा आवेदन दिने व्यवस्था गर्न सकेमा म्यानमारबाट अझै धेरै पर्यटक नेपाल भ्रमणमा जाने बताइन् ।

म्यानमारकी अभिनेतृ युन युनले आफु नेपालको भ्रमण गर्न इच्छुक रहेको बताइन् । उनले भनिन् ‘मलाई पनि नेपाल भ्रमणमा जाने ठूलो इच्छा छ । तपाईंहरू पनि कृपाया यो सुन्दर देश घुम्नुहोला ।’

कार्यक्रममा राजदूत, कुटनितिज्ञ, ट्राभल्स एन्ड टुर कम्पनीका प्रतिनिधि, म्यानमारका प्रतिष्ठित व्यक्तित्त्वलगायत २ सय भन्दा बढीको सहभागिता रहेको दूतावासले जनाएको छ ।


Read Previous

‘स्थानीय तह योजना निर्माण र कार्यान्वयन पारदर्शी हुनुपर्छ’

Read Next

एकीकृत भन्सार जाँच चौकी (एक खाेज अध्ययन)

Leave a Reply

Your email address will not be published.