Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

ठूला पूर्वाधार परियोजनाबारे राजनीति विवाद गर्नु हुँदैनः प्रधानमन्त्री


काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले ठूला पूर्वाधार परियोजनाहरुबारे राजनीति विवाद गर्न नहुने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले ठूला पूर्वाधारहरुमा सरकारले स्रोतको व्यवस्था गर्ने उल्लेख गर्दै यस्ता परियोजना साझा भएकोले सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिनुपर्ने बताए ।

नेपालको बिजुलीको व्यापारको सम्भावना भारतसँगै अरु देशसँग पनि रहेको बताउँदै प्रधानमन्त्री देउवाले हालै नेपाल र भारतसँग ऊर्जा व्यापारको समझदारी भएको भन्दै उनले अरु देशसँग व्यापारको सम्भावना बढेको बताए । भारत भ्रमणको क्रममा स्टेटमेन्ट दिएको तर यो सम्झौता नभएको उनको स्पष्टीकरण थियो ।

नेपाल आगल निगम खारेज गर्ने कुनै सोच नभएको बताउँदै उनले यसलाई प्रतिष्पर्धी बनाउन खोजेको बताए ।

प्रधानमन्त्री देउवाले बुढीगण्डकीमा स्रोतको व्यवस्थापनकै गरेर स्वदेशी लगानीमा निर्माण हुने निर्णय गरेको बताए ।

अमेरिकी सहयोगको एमसीसी परियोजनाको व्याख्यात्मक विश्लेषणलाई अमेरिकाले आफ्नो अंगको रुपमा स्वीकारेको उनको भनाई थियो । चीनको बीआरआईमार्फत ऋण लिने भएकोले यसबारे सकारात्मक रहेको तर यसको विश्लेषण भने गरिरहेको उनको भनाई थियो ।


Read Previous

पानी जाहाजका सपना फिजे पनि खोलीमा फोहोर मिसायौ 

Read Next

९ महिनामा ६ सय २० मेगावाट विद्युत उत्पादन

Leave a Reply

Your email address will not be published.