Nepal Purbadhar

९ महिनामा ६ सय २० मेगावाट विद्युत उत्पादन


काठमाडौ । चालू आर्थिक वर्ष  (२०७८/०७९ ) को ९ महिनामा ६ सय २० मेगावाट विद्युत उत्पादन भएकाे छ । २०७८ साउनदेखि फागुनसम्ममा यति विद्युत उत्पादन भइ राष्ट्रिय प्रसारण प्रणालीमा थपिएकाे हाे ।

याे अवधिमा विद्युत उत्पादन ३०.९ प्रतिशत वृद्धि भएकाे शनिबार सार्वजनिक आर्थिक सर्भेक्षण रिपाेर्टमा उल्लेख छ ।  संसदमा अर्थमन्त्री जर्नाद्धन शर्माले संसदमा पेश गरेको आर्थिक सर्भेक्षणले एक बर्षमै यति धेरै उत्पादन वृद्धि भएको देखाएको हो ।

आर्थिक सर्भेक्षण रिपाेर्ट अनुसार, २०७८ को असरमा १६२५ मेगावाट बराबरको कूल जडित क्षमता रहेको वृद्धि भएर २२०५ मेगावाट पुगेको छ । ९ महिनामा वैकल्पिक ऊर्जासहित विद्युत पहुँच हुनेको संख्या ९४ प्रतिशत पुगेको छ भने प्रति व्यक्ति विद्युतको खपत २७० युनिट पुगेको छ ।

प्रदेश-२ काे सबै जनसंख्यामा विद्युत पहुँच पुगेकाे छ । प्रदेश-१ मा ९६ प्रतिशत विद्युत पहुँच पुग्दा सूदुरपश्चिम प्रदेशका ७१.०७ प्रतिशतले विद्युत उपयाेग गर्छन् ।


Read Previous

ठूला पूर्वाधार परियोजनाबारे राजनीति विवाद गर्नु हुँदैनः प्रधानमन्त्री

Read Next

४५ बर्षपछिकै सबैभन्दा न्यून पर्यटक आगमन