Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा


काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकवर्गलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा सोमबार (जेठ ९) देखि कावासोती नगरपालिका वडा नं. ८ कावासोती बजार, इन्द्रचोक मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका संचालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसालले कावासोती शाखाको संयुक्त समुद्घाटन गरी सेवा शुभारम्भ गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख जोखिम अधिकृत, दिपेश प्रधान लगायत बैंकका कर्मचारी, कावासोती च्याम्बरका अध्यक्ष डाँसुराज पोखरेल तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

बैंकले २०७८ चैत्रमसान्त सम्ममा ९२ अर्ब ९६ करोड निक्षेप संकलन र ८९ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिंङ तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १३७ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


Read Previous

सहरी विकासको कूल बजेट खर्च ३७ प्रतिशत मात्र, पुँजीगत खर्च बढाउन मन्त्री झाँक्रीको निर्देशन

Read Next

धनगढीमा स्टार्टअप एण्ड आइडिया फेस्ट

Leave a Reply

Your email address will not be published.