Nepal Purbadhar

तिहारमा दुई दिन उपत्यकाको फोहर नउठ्ने, कात्तिक २६ देखि नियमित हुने


काठमाडौं। तिहार पर्वका कारण कात्तिक २४ र २५ गते काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने भएको छ।

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार तिहारको बिदाका कारण उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल बन्चरेडाँडामा कार्यरत कर्मचारीसमेत बिदामा रहने भएकाले दुई दिन फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो।

उनका अनुसार कात्तिक २६ गतेदेखि फोहर व्यवस्थापनको काम नियमित सञ्चालन हुनेछ।

महानगरपालिकाले फोहर व्यवस्थापन प्रभावित हुने दुई दिन सडक, चोक तथा सार्वजनिकस्थलमा जथाभावी फोहर नफाल्न उपत्यकावासीलाई आग्रह गरेको छ। फोहरलाई घरमै सुरक्षित रूपमा व्यवस्थापन गर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ।


Read Previous

विपी राजमार्ग पुनःनिर्माण: जाइकाले थाल्यो काम, बर्खेखोला-पिप्ले खण्डमा २ अर्ब ६० करोडको सम्झौता

Read Next

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar