Nepal Purbadhar

हिमाली जोखिम न्यूनीकरणका लागि प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाइने


काठमाडौं। जलविज्ञान तथा हिमाली जोखिमबाट उत्पन्न हुन सक्ने विपद् न्यूनीकरणका लागि प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने निष्कर्ष निकालिएको छ।

जलविज्ञान र हिमाली जोखिमसम्बन्धी राष्ट्रिय विज्ञ परामर्श कार्यशालाले जोखिमको समयमै पहिचान, सूचना आदानप्रदान तथा सम्भावित विपद्बारे पूर्वजानकारी गराउन एकीकृत प्रणाली आवश्यक रहेको निष्कर्ष निकालेको हो।

कार्यशालामा जलविज्ञान, हिमाली क्षेत्रका जोखिम, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गरिएको थियो। विज्ञहरूले हिमताल विस्फोट, हिमपहिरो, बाढी तथा अन्य जलजन्य विपद्को जोखिम न्यूनीकरण गर्न आधुनिक प्रविधि र वैज्ञानिक तथ्यांकको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

त्यस्तै, विभिन्न निकायबीच समन्वय र सहकार्य बढाउँदै जोखिमसम्बन्धी तथ्यांक संकलन, विश्लेषण र सूचना प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिइएको थियो।

कार्यशालाले प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली निर्माण, संस्थागत क्षमता अभिवृद्धि र जोखिम व्यवस्थापनमा विज्ञताको उपयोगलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ।


Read Previous

विदेश सचिव मिस्रीले प्रधानमन्त्रीलाई दिए अयोध्या-जनकपुर रेल सञ्चालनको तयारी पूरा भएको जानकारी

Read Next

कालीगण्डकीको कटानले क्षतिग्रस्त बेनी बजारको पर्खाल पुनर्निर्माण गरिँदै, ५ करोड खर्च लाग्ने अनुमान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar