Nepal Purbadhar

दानबहादुर कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार, आईजीपीमा मनोज केसी नियुक्त


काठमाडौं। सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गरेको छ। उनको स्थानमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

सरकारले वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षा सुदृढ गर्न प्रधानमन्त्रीलाई आवश्यक सुरक्षा सल्लाह, सुझाव र परामर्श दिन प्रहरी महानिरीक्षकस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गर्ने निर्णय गरेको छ।

उक्त पदमा आईजीपी कार्कीलाई खटाउने निर्णयसँगै रिक्त हुने प्रहरी महानिरीक्षक पदमा एआईजी डा. केसीलाई बढुवा गरिएको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम डा. केसीलाई २०८३ कात्तिक १८ गतेदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा बढुवा गरिएको छ।

यससँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन भएको छ भने प्रधानमन्त्रीलाई सुरक्षा मामिलामा प्रत्यक्ष परामर्श दिन नयाँ जिम्मेवारीसमेत सिर्जना गरिएको छ।


Read Previous

नवीकरणीय ऊर्जा विधेयकले क्षेत्रगत सुधारको बाटो खोल्ने, नेपालको अन्तर्राष्ट्रिय पहिचान फर्काउने प्रयास

Read Next

फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar