Nepal Purbadhar

गोरखा-धादिङ जोड्ने पुल बाढीले बगाएपछि आरुघाटमा बेलिब्रिज राख्ने तयारी

सांकेतिक तस्बिर।


गोरखा। बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले गोरखाको आरुघाटमा गोरखा–धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ।गोरखा सडक योजनाका अनुसार बेलिब्रिजका सामान सडक डिभिजन कार्यालय हेटौँडाबाट ल्याउने तयारी भइरहेको छ। कार्यालय प्रमुख विनोद पुनले सामान सम्भवतः भोलिसम्म आइपुग्ने र त्यसपछि निर्माणको काम सुरू हुने बताए।
बेलिब्रिज निर्माणका लागि नेपाली सेनाको टोली फिल्डमा खटिइसकेको छ। रुद्रध्वज गणका गणपति विरोध रिजालका अनुसार आवश्यक सामान आइपुगेलगत्तै निर्माण कार्य सुरू गरिनेछ।


Read Previous

वर्षा नभए पनि पहिरोले नदी थुनिएको प्रारम्भिक अनुमान, बाढीमा फसेका ३६ जनाको उद्धार

Read Next

दसैँमा बीपी राजमार्गबाट यात्रा सहज हुने, अवरुद्ध भए आधा घण्टामै खुलाउने गरि तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar