Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै   

चुनाव प्रचार–प्रसारमा नाम र तस्बिर प्रयोग भएको प्रति कुलमानको आपत्ति


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो नामको प्रयोग भएको भन्दै आपत्ति जनाएका छन् । आफ्नो नामका नक्कली ट्वीटर ह्यान्डल बनाएर निर्वाचनको प्रचार प्रसारका लागि प्रयोग गरिएकोप्रति विज्ञप्ती जारी गरी ध्यानाकर्षण गराएका हुन् ।

घिसिङले बुधबार विज्ञप्तीमार्फत निर्वाचन सम्बन्धि गलत सूचना प्रवाह भइरहेका आफ्नो नाम र तस्वीर प्रयोग भएका ट्वीटर ह्यान्डलहरू सबै नक्कली भएको स्पष्ट पारेका छन् । ‘मेरो नाम र तस्बिर प्रयोग गरी खोलिएका नक्कली ट्वीटर ह्याण्डलमार्फत स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचना सम्प्रेषण भइरहेकोप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘मेरो आधिकारिक ट्वीटर ह्याण्डल @KMGhising रहेको र यो बाहेकका अन्य ह्याण्डल सबै नक्कली भएको जानकारी गराउँछु ।’

उनले नक्कली ट्वीटर ह्याण्डलबाट आएका सूचनालाई लिएर भ्रममा नपर्न पनि सबैमा आग्रह गरेका छन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जारी गरेको आचारसंहिताको पूर्णरूपमा पालना गरिरहेको अवस्थामा विवादमा ल्याउने क्रियाकलाप नगर्न समेत उनले अनुरोध गरेका छन् ।


Read Previous

ह्यात प्लेस होटलमा क्यासिनो सञ्चालनको लागि भाडा सम्झौता

Read Next

स्थानीय तह सदस्य निर्वाचनबारे जानकारी

Leave a Reply

Your email address will not be published.