Nepal Purbadhar

सहसचिव कर्मचार्यलाई सचिवमा बढुवा गरि ऊर्जा मन्त्रालयको जिम्मेवारी


काठमाडौं। सरकारले नेपाल इन्जिनियरिङ सेवा, समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीमा डा. जगदीश्वर कर्मचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ।

आज(मंगलबार)बसेको मन्त्रिपरिषद्को बैठकले डा. कर्मचार्यलाई नेपाल इन्जिनियरिङ सेवाको राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णयसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो।

उनलाई विशिष्ट श्रेणीमा बढुवा गरि सचिव पदस्थापनको निर्णय मन्त्रिपरिषद्को पछिल्लो बैठकले गरेको हो। ऊर्जा मन्त्रालयमा सचिवको पद दुई सातादेखि रिक्त थियो। गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीको सरुवा गरेको थियो। दवाडीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरिएको थियो।


Read Previous

सरकारलाई इप्पानको सुझाब : आधादर्जन कानुन संशोधनदेखि ५० वर्षको लाइसेन्स ग्यारेन्टीसम्म (पूर्णपाठ)

Read Next

चोलेन्द्रलाई जेनजीबाट थ्रेट कि अपरिचित समूहबाट ? सरकार र प्रहरीकै भनाइ बाझियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar