
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल मंगलबारदेखि रिटार्यड हुने भएका छन् ।
५ वर्षे सचिवको कार्यकाल पूरा गरेर उनी मंगलबारदेखि रिटार्यड हुन लागेका हुन् । पूर्वाधार विकास मन्त्रालयका सचिव सिग्देल सडक विभागका क्याडर हुन् । सडक विभागको महानिर्देशकका रुपमा समेत उनले काम गरिसकेका छन् । सिग्देल २०७८ असोज १४ मा सचिवमा बढुवा भएका थिए ।
शान्त स्वभावका सिग्देल निर्णय क्षमतामा अब्बल मानिन्छन् । सार्वजनिक खरिदका विषयमा विशेष दख्खल राख्ने उनी धेरै सरकारी निकायका सल्लाहकार समेत हुन् । सडक, ऊर्जा,शहरीलगायतका पूर्वाधार विकासका निकायहरुले खरिदमा उनीसंग सल्लाह लिने गर्छन् ।

