
काठमाडौं। ट्रायम्फ मोटरसाइकल नेपालले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘द ग्रेट फेस्टिभल गियर-अप २०८३’ नामक राष्ट्रव्यापी फेस्टिभ अभियान सार्वजनिक गरेको छ।
२० सेप्टेम्बरदेखि १५ नोभेम्बर २०२६ सम्म सञ्चालन हुने अभियानअन्तर्गत ट्रायम्फका विभिन्न मोडर्न रेट्रो मोटरसाइकल खरिद गर्ने ग्राहकलाई विशेष स्वामित्व सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
अभियान ट्रायम्फका स्पिड टी४, स्पिड ४००, स्क्र्याम्बलर ४०० एक्स र स्क्र्याम्बलर ४०० एक्ससी मोडलमा लागू हुनेछ।
कम्पनीका अनुसार अभियान अवधिमा ट्रायम्फ मोटरसाइकल खरिद गर्ने ग्राहकले सर्टिफाइड राइडिङ ज्याकेट, सर्टिफाइड हेल्मेट र फाइल ब्याग प्राप्त गर्नेछन्।
त्यस्तै, एचएफएलमार्फत मासिक ५ हजार ९७६ रुपैयाँदेखि सुरु हुने ईएमआई सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। ग्राहकले आफ्नो आवश्यकता र छनोटअनुसार डाउन पेमेन्ट तथा ऋणको अवधि सम्बन्धी विकल्पसमेत लिन सक्नेछन्।
पुरानो मोटरसाइकल अपग्रेड गर्न चाहने ग्राहकका लागि स्पट एक्सचेन्ज सुविधा पनि अभियानमा समावेश गरिएको छ। यसमार्फत हालको मोटरसाइकल साटेर ट्रायम्फको नयाँ मोटरसाइकल खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले दशैं, तिहार र छठ नयाँ सुरुवात तथा पारिवारिक जमघटको समय भएकाले अभियानमार्फत ग्राहकलाई थप विशेष अनुभव दिन खोजिएको बताए।
उनका अनुसार आकर्षक स्वामित्व सुविधा र सहज वित्तीय विकल्पमार्फत यस वर्षको चाडपर्वमा ट्रायम्फ मोटरसाइकल खरिदलाई सहज बनाउने उद्देश्य राखिएको छ।
११ स्थानमा ट्रायम्फको शोरुम
अभियान काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा रहेका ट्रायम्फका ११ ओटा शोरुमबाट उपलब्ध हुनेछ।
काठमाडौं उपत्यकामा नक्साल, भक्तपुर, ललितपुर र चाबहिल-बौद्धमा ट्रायम्फका शोरुम रहेका छन्। उपत्यकाबाहिर चितवन, बुटवल, पोखरा, इटहरी, हेटौंडा, धनगढी र दाङमा शोरुम सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।
ग्राहकले अभियान अवधिमा नजिकको ट्रायम्फ शोरुममा पुगेर स्पिड टी४, स्पिड ४००, स्क्र्याम्बलर ४०० एक्स र स्क्र्याम्बलर ४०० एक्ससी मोडलका बारेमा जानकारी लिन, स्पट एक्सचेन्ज तथा एचएफएलको वित्तीय सुविधा सम्बन्धी विकल्प बुझ्न सक्नेछन्।
नेपालमा ट्रायम्फ मोटरसाइकलको वितरण गोल्छा समूहअन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनीले गर्दै आएको छ। कम्पनीले नेपालमा ट्रायम्फका शोरुम तथा सर्भिस सुविधाको सञ्जाल विस्तार गरिरहेको जनाएको छ।

