Nepal Purbadhar

भन्सार विभागले भाद्र ६ गतेसम्म उठायो १ खर्ब २ अर्ब राजस्व


काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को भाद्र ६ गतेसम्म भन्सार विभागले १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। सरकारले चालु आर्थिक वर्षका लागि भन्सार विभागलाई ६ खर्ब २८ अर्ब रुपैयाँ वार्षिक राजस्व असुलीको लक्ष्य दिएको छ।

भन्सार विभागका अनुसार भाद्र ६ गतेसम्मको असुलीपछि चालु आर्थिक वर्षमा ५ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन गर्न बाँकी रहेको छ।

तातोपानी भन्सार कार्यालय केही समयदेखि सञ्चालनमा नरहेको र भोटेकोशीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भई सञ्चालनमा नरहेको अवस्थामा पनि भन्सार प्रशासनले १ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको विभागले जनाएको छ।

विषम परिस्थितिका बाबजुद सम्पूर्ण भन्सार प्रशासनको प्रयासबाट भाद्र ६ गतेसम्म १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सफल भएको विभागको भनाइ छ।

विभागले आगामी दिनमा बाँकी रहेको ५ खर्ब २७ अर्ब रुपैयाँ राजस्व असुलीलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ। राजस्व लक्ष्य पूरा गर्न भन्सार प्रशासनले आफ्नो प्रयासलाई थप केन्द्रित गर्ने विभागले जनाएको छ।


Read Previous

सुरक्षाकर्मीले हाइड्रोपावरको २ प्रतिशत सेयर पाउने

Read Next

प्रधानमन्त्री शाहको आग्रह- शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना छ सतर्क रहनु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar