Nepal Purbadhar

पोखरामा जलेका सवारीको बेहालः एक वर्षदेखि थन्किए, घाँस उम्रिन थाल्यो (तस्बिर)


पोखरा। जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी तथा तोडफोड गरिएका सरकारी सवारीसाधन एक वर्षदेखि पोखरा महानगरपालिकाको महानगरीय प्रहरी बलको भवन परिसरमा थन्किएका छन्।

आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सवारीसाधन संकलन गरेर एउटै स्थानमा राखिए पनि लामो समयसम्म व्यवस्थापन हुन नसक्दा अहिले ती सवारीमा घाँस उम्रिन थालेको छ। खुला स्थानमा थन्काइएका सवारीका पार्टपुर्जामा खिया लाग्न थालेको छ भने कतिपय सवारीको अवस्था थप जीर्ण बन्दै गएको छ।

गत वर्ष भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा पोखरामा सरकारी तथा निजी गरी ३ सय २९ ओटा सवारीसाधनमा आगजनी तथा तोडफोड भएको थियो। आन्दोलनपछि क्षतिग्रस्त सरकारी सवारीसाधन संकलन गरेर महानगरीय प्रहरी बलको परिसरमा राखिएको थियो।

क्षतिग्रस्त सवारीसाधनको लगतकट्टा तथा व्यवस्थापन प्रक्रिया अघि बढ्न नसक्दा लामो समयदेखि त्यसै थन्किएका हुन्। आन्दोलनपछि यस्ता सवारीको व्यवस्थापन तथा लिलामी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिए पनि अहिलेसम्म प्रभावकारी रूपमा प्रक्रिया अघि बढ्न सकेको छैन।

सम्बन्धित कार्यालयहरूले समयमै आवश्यक प्रक्रिया पूरा नगर्दा सार्वजनिक सम्पत्तिका रूपमा रहेका जलेका तथा क्षतिग्रस्त सवारीसाधन थप जीर्ण बन्दै गएका छन्।

तस्बिर: अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी


Read Previous

भोटेकोशी बाढी प्रभावित परिवारका लागि अस्थायी बसोबासको सर्वेक्षण सुरु

Read Next

भोटेकोशी बाढीमा बेपत्ताको खोजीमा सम्पूर्ण संयन्त्र परिचालन गर्न सांसदहरूको माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar