Nepal Purbadhar

सिटिजन्स बैंकले बाढीपीडितका लागि २ करोड २२ लाख रुपैयाँ सहयोग गर्‍यो


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बाढी प्रभावितको उद्धार, उपचार तथा राहतका लागि २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेको छ।

बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको जनाएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।

बैंकले बाढीमा ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि राहत तथा सामाजिक सहयोगलाई निरन्तरता दिने जनाएको छ।

बाढीका कारण बैंकको देवीघाट शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बैंकले नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटका प्रभावित परिवारलाई चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु र चाउचाउलगायत खाद्यान्न सामग्रीसमेत वितरण गरेको जनाएको छ।


Read Previous

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

Read Next

सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म खोजी जारी रहन्छ : नेपाली सेना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar