
काठमाडौं। भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीबारे प्रतिनिधिसभाले बुधबार विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डीपी अर्यालले प्रस्तुत गरेको विशेष प्रस्तावलाई सांसदहरूले सर्वसम्मतिले पारित गरेका हुन्।
भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन तथा गोरखाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी १ हजार ११४ जनाको शव फेला परेको, ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको र २९२ जना घाइते भएका छन्।
विशेष प्रस्तावमार्फत प्रतिनिधिसभाले बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।
यसअघि राष्ट्रिय सभाले मंगलबार विशेष प्रस्ताव पारित गर्दै बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना, घाइतेको निःशुल्क उपचार तथा शव व्यवस्थापनलाई प्राथमिकता दिन सरकारलाई सिफारिफ गरेको थियो।
