Nepal Purbadhar

प्रविधिको प्रयोग गर्दै शव खोजीमा नयाँ गोरख गण, ७२ शव निकालियो


चितवन। प्रविधिको प्रयोग गर्दै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणको टोली विपद्को समयमा शव खोजी तथा उद्धार कार्यमा सक्रिय बनेको छ।
गणपति राजेन्द्र बानियाँको नेतृत्वमा खटिएको नयाँ गोरख गणको टोलीले यस क्षेत्रमा हालसम्म ७२ वटा शव निकाल्न सफल भएको जनाएको छ। विपद्का कारण बेपत्ता भएका तथा नदी–खोलामा बगेका व्यक्तिको खोजीका लागि नेपाली सेनाले उपलब्ध प्रविधि र जनशक्तिको प्रभावकारी प्रयोग गर्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको हो।
चितवन राष्ट्रिय निकुञ्जको संरक्षण तथा सुरक्षामा नियमित रूपमा खटिँदै आएको नयाँ गोरख गणले विपद्को समयमा समेत स्थानीय नागरिकको उद्धार, शव खोजी तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

निकुञ्ज संरक्षणसँगै विपद्मा परेका नागरिकको उद्धार र मानवीय सेवामा समेत सेना जनताको साथमा रहेको सन्देश नयाँ गोरख गणको सक्रियताले दिएको छ।

Read Previous

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा दिइरहेको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तरता

Read Next

पृ्थ्वीराजमार्ग दुई ठाउँमा भासियो,यी हुन वैकल्पिक सडक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar