
फाईल तस्बीर।
काठमाडौं । बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत गल्छी-मलेखु सडकखण्ड आंशिक रूपमा खुलेको छ।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालका अनुसार सडकमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन पुनः सुरु गरिएको हो।
राजमार्गमा अलपत्र सवारीसाधनलाई समेत सुरक्षित गन्तव्यतर्फ पठाइएको छ। लेदो पन्छाउने तथा सडक खुलाउने काम जारी राख्दै राजमार्ग सञ्चालनमा ल्याइएको मन्त्री लम्सालले जानकारी दिए।
