
काठमाडौं । रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार गरिएको छ।
उद्धार गरिएका कर्मचारीमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन वि.क. र सुनिल माझी रहेका छन्।
यसैबीच, अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनातर्फ उद्धार सामग्रीसहित डेडिकेटेड हेलिकोप्टरले पनि काम सुरु गरेको जनाइएको छ।
टनेलभित्र रहेका अन्य व्यक्तिको उद्धारलाई थप प्रभावकारी बनाउन आवश्यक सामग्रीसहित उद्धार टोली परिचालन गरिएको छ।
प्रतिकूल मौसमका कारण उद्धार कार्यमा केही ढिलाइ भइरहेको भए पनि उद्धारलाई उच्च प्राथमिकतामा राखेर निरन्तर काम भइरहेको बताइएको छ।
