
काठमाडौं । टाटा मोटर्सको नयाँ विद्युतीय एसयूभी सिएरा ईभी नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शो २०२६ मार्फत सिएरा ईभी सार्वजनिक गरेको हो।
सिएरा ईभीमा ७५ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा ५३० किलोमिटरसम्म रेन्ज दिन्छ।
एसयूभीको रियर ह्वील ड्राइभ (आरडब्ल्यूडी) भेरियन्टमा १७५ किलोवाट र अल ह्वील ड्राइभ (एडब्ल्यूडी) भेरियन्टमा २२५ किलोवाट क्षमताको मोटर उपलब्ध छ। यसको अधिकतम टर्क ५०४ एनएम रहेको छ।
डिजाइनतर्फ सिएरा ईभीमा फुल एलईडी लाइटबार, प्रोजेक्टर एलईडी हेडल्याम्प, फ्लस–टाइप डोर ह्यान्डल तथा सिग्नेचर रियर क्वार्टर ग्लास दिइएको छ। १८ इन्चको अलोय ह्वील, रुफ स्पोइलर र शार्क–फिन एन्टेनासमेत उपलब्ध छन्।
सस्पेन्सनतर्फ अगाडि अल्ट्रा गाइड सस्पेन्सन र पछाडि इन्डिपेन्डेन्ट सस्पेन्सन दिइएको छ। कम्पनीका अनुसार यसमा फ्रिक्वेन्सी डिपेन्डेन्ट ड्याम्पिङ प्रविधि प्रयोग गरिएको छ।
सिएरा ईभीको इन्ट्री भेरियन्टमै भ्वाइस–असिस्टेड प्यानोरामिक सनरुफ उपलब्ध छ। उच्च ग्राउण्ड क्लियरेन्स र बक्सी डिजाइनसहित तयार गरिएको एसयूभीको इन्टेरियरमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्चको इन्फर्मेसन डिस्प्ले, ८–स्पीकर अडियो सिस्टम तथा अटोमेटिक क्लाइमेट कन्ट्रोल दिइएको छ।
त्यस्तै, वायरलेस एन्ड्रोइड अटो, स्टेयरिङ–माउन्टेड कन्ट्रोल, किलेस इन्ट्री र टाटा आईआरए डट ईभी कनेक्टेड कार सुइट उपलब्ध छ। कम्पनीका अनुसार कनेक्टेड कार प्रणालीमा ७० भन्दा बढी स्मार्ट फिचर छन्।
सिएरा ईभीमा ५जी कनेक्टिभिटी, वायरलेस चार्जिङ तथा १५ ओटा मल्टिमिडिया फिचरसमेत उपलब्ध छन्।
सुरक्षातर्फ ६ ओटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्रामअन्तर्गत १९ ओटा सुरक्षा फिचर, चारै पांग्रामा डिस्क ब्रेक तथा रियर पार्किङ सेन्सर दिइएको छ। इन्ट्री भेरियन्टमै डाइनामिक गाइडलाइनसहितको रियर क्यामेरा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
सिएरा ईभी एक्टी डट ईभी प्लेटफर्ममा निर्माण गरिएको हो।

