Nepal Purbadhar

उत्कृष्ट अस्पताल छनोट गरी पुरस्कृत गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

फाइल तस्बिर।


काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल सेवा सुधार कार्यविधि, २०८२ को प्रभावकारी कार्यान्वयन गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने सरकारी अस्पताललाई छनोट गरी पुरस्कृत गर्ने तयारी गरेको छ।

मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सबै सरकारी अस्पताललाई ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै सूचना जारी गरेको हो।

नेपाल सरकारको मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा स्वास्थ्य क्षेत्रको सुधारअन्तर्गत अस्पताल सेवा सुधारलाई पहिलो प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।

कार्यविधि कार्यान्वयनमा रहे पनि यसको प्रभावकारी कार्यान्वयन र अस्पताल सेवामा थप सुधारका लागि थप पहल आवश्यक देखिएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार सरकारी अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्दै नागरिकमुखी तथा प्रभावकारी सेवा प्रवाहलाई प्रोत्साहन गर्न कार्यविधि कार्यान्वयनमा उत्कृष्ट कार्यसम्पादन गर्ने अस्पताल छनोट गरिनेछ।

त्यस्ता उत्कृष्ट अस्पताललाई निकट भविष्यमा पुरस्कृत गर्ने मन्त्रालयको योजना छ। त्यसका लागि संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सबै सरकारी अस्पतालले कार्यविधिको प्रभावकारी कार्यान्वयन गरी अस्पतालको सेवा जनअपेक्षाअनुरूप सुधार गर्न मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले अस्पतालमा सेवा प्रवाहको गुणस्तर, व्यवस्थापन तथा नागरिकमैत्री सेवा सुधारमा उत्कृष्टता प्रस्तुत गर्न सबै अस्पताललाई आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको मनोबल उच्च राख्न आफू प्रतिबद्ध रहेको जनाएको छ।

मन्त्रालयले ‘सबै अस्पताल एवं कार्यरत स्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाउन मन्त्रालय प्रतिबद्ध रहेको’ समेत स्पष्ट गरेको छ।


Read Previous

मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउन सुझाव

Read Next

सरकारको शासकीय सुधार: २१ मन्त्रिपरिषद् बैठकका ३८४ निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar