Nepal Purbadhar

८२ अर्ब ६० करोड भारु खर्चेर पशुपतिनाथ–वैद्यनाथधाम सडक योजना अघि बढ्दै


एजेन्सी । भारतले नेपालका प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथ र भारतको झारखण्डस्थित बैजनाथधाम (वैद्यनाथधाम) लाई सडक सञ्जालमार्फत जोड्ने योजना अघि बढाएको छ।

भारतीय केन्द्रीय सरकारले भागलपुर क्षेत्र हुँदै निर्माण हुने यस करिडोरका लागि प्रारम्भिक प्रशासनिक प्रक्रिया सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाइएको छ। बिहारका सडक निर्माण मन्त्री डा. दिलीप जैसवालले मंगलबार प्रदेश विधानसभामा उक्त जानकारी दिएका हुन्।

बिहारको आर्थिक वर्ष २०२६–२७ को बजेटमा परियोजनाका लागि ८२ अर्ब ६० करोड भारतीय रुपैयाँ छुट्याइएको छ। प्रस्तावित ‘पशुपतिनाथ–सुपौल–वैद्यनाथधाम करिडोर’ सुल्तानगञ्जमा गंगा नदीमाथि निर्माणाधीन पुल हुँदै अघि बढ्नेछ। यसको अनुमानित लम्बाइ करिब २४० किलोमिटर रहने बताइएको छ।

यो सडक बनेपछि नेपाल र भारतका महत्वपूर्ण धार्मिक स्थलबीच आवागमन सहज हुने, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने तथा क्षेत्रीय यातायात सञ्जाल सुदृढ हुने अपेक्षा गरिएको छ।


Read Previous

कुलमान घिसिङको ऊर्जा र विकास एजेन्डा सार्वजनिक, २५ हजार मेगावाट विद्युत् उत्पादनदेखि निर्यात विस्तारसम्म लक्ष्य

Read Next

राष्ट्रिय प्रजातन्त्र पार्टी को संकल्प पत्रमा ऊर्जा आत्मनिर्भरता प्राथमिकता, बिजुली उत्पादन र निर्यात विस्तारमा जोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar