Nepal Purbadhar

सिंहदरबार जलेको भवन अगाडि भारतले चुनावका लागी दिएका गाडीहरु पार्किङ


काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई गाडी उपहार दिएको छ। निर्वाचन प्रयोजनका लागि भारतबाट आएका गाडीहरू अहिले जलेको सिंहदरबार अगाडि पार्किङ गरिएको छ ।



गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो। सोही अनुरूप भारत सरकारले गाडी उपलब्ध गराएको हो।
यसपटकको निर्वाचनका लागि भारत सरकारले साना–ठूला गरी करिब ६५० वटा गाडी उपलब्ध गराउने बताइएको छ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी


Read Previous

फोटोनद्वारा दीर्घकालीन ग्राहक सम्बन्ध सुदृढ बनाउन बिरगंजमा ग्राहक भेटघाटको आयोजना

Read Next

सिडिएससी प्रमुख पन्दाकको नियुक्ति गैरकानूनी भन्दै उच्च अदालतमा रिट, दुवै पक्षलाई बोलाइयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar