Nepal Purbadhar

धुलिखेल-खावा सडकको काम धमाधम, समय भन्दा अघि नै सक्ने लक्ष्य


काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः सुरु भएको छ । नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नतिको काम सुरु भएको हो।


धुलिखेल-खावा सडकका सुपरभाइजर लोकहरि नेपालका अनुसार कात्तिक अन्तिमबाट काम सुरु भएकोमा अहिले धमाधम काम भइरहेको छ । दैनिक सयभन्दा बढीले काम गरिरहेका छन् । १४ महिनाको ठेक्का समय रहेकोमा समयभन्दा अघि नै कालोपत्रे गरेर सक्ने लक्ष्य छ । उपकरण र सामानको अभाव छैन । पहिले स्ट्रक्चरको काम सकेर पिच गर्न सुरु हुन्छ । स्थानीयको पनि सहयोग छ ।


लामो समयदेखि यो सडक प्रयोगकर्ताले सास्ती पाउँदै आएका थिए ।


तस्बिरहरु: बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी
भिडियो-बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी


Read Previous

चिनियाँलाई रोक्न जापानले राखेका यी दुई शर्त, जसका कारण अलपत्र पर्‍यो नागढुंगा सुरुङमार्ग सञ्चालनको योजना

Read Next

चिलिमे हाइड्रोपावरकाे १२ प्रतिशत लाभांश घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar