Nepal Purbadhar

खुसीको खबर: प्राधिकरणले पायो थप ३५ मेगावाट विद्युत भारत निर्यात गर्न अनुमति


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले थप ३४.९५ मेगावाट विद्युत भारत निर्यात गर्ने अनुमति पाएको छ ।

प्राधिकरणले सेतीनदी जलविद्युत आयोजनाको २४.२५ मेगावाट र माथिल्लो तादीखोला जलविद्युत आयोजनाको १०.७० मेगावाट विद्युत भारतको प्रतिष्पर्धी बजार भारतीय उर्जा एक्सचेन्ज (IEX ) मा निर्यात अनुमति पाएको हो ।

भारतको डेजीग्नेटेड अथोरिटी, सेन्ट्रल इलेक्ट्रीसिटि अथोरिटी ( CEA ) ले मङ्सिर १६ गते निर्यात अनुमति प्रदान गरेको हो। यससँगै प्राधिकरणले विभिन्न माध्यमबाट (मध्यकालिन द्विपक्षीय सम्झौता, IEX) निर्यात गर्न पाउने विद्युतको परिमाण १२ सय मेगावाट पुगेको छ । यसअघि प्राधिकरणले ३३ आयोजनाका ११ सय ६५ मेगावाट विद्युत निर्यात गर्न अनुमति पाएको थियो । प्राधिकरणले २ आयोजनाको ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्दै आएको छ भने हालै बंगलादेशमा सम्पन्न द्विपक्षीय वार्तामा थप २० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने समझदारी बनेको छ ।


यस्तै भारतले प्राधिकरणलाई २०४.५८ मेगावाट विद्युत निर्यात गर्न पाउने अवधि थप गरिदिएको छ। यसअघि १५ जुन देखि ३१ अक्टोबर सम्म मध्यकालीन द्विपक्षीय सम्झौता मार्फत निर्यात अनुमति प्रदान गरेका १२ आयोजनाबाट उत्पादित २०४.५८ मेगावाट विद्युत वर्षको बाँकी अवधिको लागि प्रतिष्पर्धी बजार (IEX) मा निर्यात गर्न पाउने गरी निर्यात अनुमति नविकरण गरेको हो।

प्राधिकरणले वर्खायाममा नेपालमा खपतभई बढी भएको विद्युत भारतको प्रतिष्पर्धी बजार भारतीय ऊर्जा एक्सचेन्ज को डे-अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा, द्धिपक्षीय मध्यकालीन सम्झौतामार्फत हरियाणा र बिहारमा तथा भारतीय प्रसारणलाइन प्रयोग गर्दै बंगलादेश निर्यात गर्दै आएको छ ।


Read Previous

प्रधानमन्त्री सुशीला कार्कीले भनिन्- भ्रष्ट्राचार विरुद्धको कारबाही रोकिदैंन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar