Nepal Purbadhar

हाटबजार मेला २०८२ कार्तिक १ गते ललितपुरको चाकुपाटमा हुने, के के राखिन्छ प्रदर्शनीमा


काठमाडौं । फ्रेशमार्टले कार्तिक १ गते शनिबार ट्याक्टिकल सोलुसन्स प्रालिको भवन, मित्र रोड, चाकुपाट ललितपुरमा बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म हाटबजार मेला संचालन गर्ने भएको छ ।

हाटवजार मेलामा किराना सामान, ताजा तरकारी, फलफुल, दुग्धजन्य सामाग्री, बेकारी सामान, पुजाका सामाग्री, भाईटीकाको सामाग्री, प्लान्ट तथा नर्सरी, नेवारी खानेकुरा, कपडा सहित बिभिन्न किसिमका रैथाने उत्पादीत सामाग्रीहरु समेत रहने बताईएको छ ।



बजारमा बिभिन्न २१ वटा स्टल राखिनेछ । जसमा फ्रेशमार्ट सहित १८ वटा कम्पनीका सामाग्री हुनेछन् र यस अघि अनलाईन मार्फत मार्टले सामान बिक्री गर्दै आएकोमा यस पश्चात भौतिक रुपमा समेत सामान बिक्री गर्ने तयारी छ ।


Read Previous

हुलास र अशोक स्टीलले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता

Read Next

कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar