Nepal Purbadhar

रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी


चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टीले पहिलो चरणको उम्मेदवारको नामावली सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया अगाडि बढाएको हो।

रास्वपा चितवनका नेता नेत्र लामिछानेका अनुसार केन्द्रीय सदस्यका ६९ पदका लागि खुला र भूगोलतर्फ गरी ३८४ जनाको उम्मेदवारी परेको छ। खुलातर्फ ६४ पदका लागि २१० जनाले उम्मेदवारी दिएका छन् भने भूगोलतर्फ ३५ पदका लागि १७४ जनाको उम्मेदवारी परेको छ।

भूगोलतर्फ सातै प्रदेशबाट पाँच–पाँच जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ। उम्मेदवारी दिनेहरूमा सुदूरपश्चिम प्रदेशबाट १८, मधेशबाट २०, लुम्बिनीबाट ३१, कोशीबाट २०, कर्णालीबाट ३१, बागमतीबाट २७ र गण्डकीबाट २७ जना रहेका छन्।

निर्वाचन आयोगले हाल प्रारम्भिक नामावली सार्वजनिक गरेको र दाबी–विरोधका लागि समय दिएको जनाएको छ। आवश्यक प्रक्रिया पूरा भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

लामिछानेका अनुसार अन्तिम नामावली विद्युतीय मतदान प्रणालीमा प्रविष्ट गरेपछि आज राति नै मतदान गराउने तयारी गरिएको छ।

यसअघि पार्टी सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।


Read Previous

सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटबन्दीको चर्चा समाप्त भयो : असिम साह

Read Next

ताकम र शिवाङमा पहिलोपटक सडक कालोपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar