Nepal Purbadhar

वीरेन्द्रनगरको बजेट चार अर्ब ७१ करोड, प्रामिकतामा के के परे?


सुर्खेत। जिल्लको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि रु चार अर्ब ७१ करोड दुई लाख ७२ हजारको बजेट सार्वजनिक गरेको छ। १९औँ नगरसभामा उपप्रमुख नीलकण्ठ खनालले प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा रु ३२ करोड ७५ लाखले बढी हो।

कुल बजेटमध्ये रु तीन अर्ब दुई करोड ७० लाख (६४ प्रतिशत) पुँजीगत तथा रु एक अर्ब ६८ करोड ३१ लाख चालु खर्चतर्फ विनियोजन गरिएको छ। बजेटको मुख्य स्रोत सङ्घीय र प्रदेश सरकारका विभिन्न अनुदान, राजस्व बाँडफाँट तथा नगरपालिकाको आन्तरिक आय रहेका छन्।

नगरपालिकाले तलब–भत्ता तथा कार्यालय सञ्चालनका लागि रु ३४ करोड, भेरी पम्पिङ आयोजना र खानेपानी पूर्वाधार कार्यक्रमका लागि रु १८ करोड, वडास्तरीय योजना तथा कार्यक्रमका लागि रु १६ करोड ६७ लाख र नगरस्तरीय विभिन्न आयोजना सञ्चालनका लागि रु १४ करोड ५० लाख विनियोजन गरेको छ।

यसैगरी सामाजिक सुरक्षा कार्यक्रमका लागि रु ३४ करोड छुट्याइएको छ भने सङ्घीय, प्रदेश तथा नगरस्तरका विभिन्न विकास कार्यक्रम सञ्चालनका लागि रु तीन अर्ब ४४ करोड ८५ लाख ७२ हजार विनियोजन गरिएको छ।


Read Previous

१०० बुँदे कार्ययोजनामा पूर्वाधार मन्त्रालयको प्रगति: ब्लु बसदेखि तौलपुल, डिजिटल लाइसेन्ससम्मका काम अघि बढे

Read Next

वीरगञ्ज महानगरको बजेट चार अर्ब ४२ करोड, बजेटको स्रोत के ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar