Nepal Purbadhar

डेडिकेटेड ट्रंकलाइन विवाद: बक्यौता नतिर्ने सबै उद्योगमा लाइन काटिने


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने सबै उद्योगमा लाइन काट्ने भएको छ ।

प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइन लिएर बक्यौता नतिर्ने उद्योगहरुलाई कार्तिक २ गतेसम्मको समय दिएको छ । उक्त समयभित्र तिर्न नआए सबै उद्योगमा लाइन काट्न लागिएको हो । प्राधिकरणले २ गतेसम्म बक्यौता तिर्न नआउने सबै उद्योगमा लाइन काट्ने निर्देशन समेत दिइसकेको छ ।

प्राधिकरणले सार्वजनिक सुूचना निकालेर २८ किस्तामा बक्यौता तिरिसक्न भनेको थियो । सोही आधारमा प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्न लागेको हो । ‘अहिलेसम्म कुनै पनि उद्योगले बक्यौता तिर्न आएका छैनन् । केहि उद्योगी छलफल गर्न आएका थिए । उनीहरुलाई एमडी सापले बक्यौता तिर्नै पर्छ भन्नु भएको छ । त्यसबाहेकको विकल्प छैन भन्नु भएको छ,’ प्राधिकरणका एक इन्जिनियरले भने, ‘बक्यौता नतिर्ने सबैको लाइन काटिन्छ ।’ २ गते राती १२ बजेपछि सबै उद्योगमा लाइन काट्ने तयारीमा प्राधिकरण छ ।

ऊर्जामन्त्री कुलमान घिसिङले कार्यभार सम्हालेपछि बक्यौता उठाउने निर्णय गरेका थिए । उनकै निर्णयलाई साथ दिएर प्राधिकरणले बक्यौता उठाउन लागेको हो । प्राधिकरणका कार्यकारी निर्देशक सिलवाल समेत बक्यौता उठाउन लागि परेका छन् । उनी उपकार्यकारी निर्देशक हुँदा समेत बक्यौता उठाउन डटेर लागेका थिए । प्राधिकरणले करिब ८ अर्ब रुपैयाँ बक्यौता उठाउन लागेको हो ।

उद्योगीहरुले कुल बक्यौता २८ महिनामा तिर्नुपर्नेछ ।

उद्योगी र प्राधिकरणबीच लामो समयदेखि यो विवाद चलिरहेको छ । उद्योगीहरुले टिओडी मिटरको विवरण नभएको भन्दै बक्यौता तिर्न अस्वीकार गरेका छन् ।

कुन उद्योगको कति छ बक्यौता ?

क्रसकम्पनीबक्यौता रकम (रुपैयाँमा)
अशोक स्टिल १४ करोड ६५ लाख १ हजार
भलवारी चामल कारखाना२३ लाख ९४ हजार
कसमस सिमेन्ट७ करोड ८३ लाख ५५ हजार
डाबर नेपाल११ करोड ६१ लाख १ हजार
एभरेष्ट रोलिङ मिल्स१४ लाख ६ हजार
जिबी टेक्सटाइल२८ लाख ६५ हजार
घराना फुड्स१५ लाख १५ हजार
घोराही सिमेन्ट उद्योग४० करोड ६८ लाख २८ हजार
गोयन्का फुड्स११ करोड ८१ लाख ३ हजार
१०हामा आइरन४ करोड ६८ लाख १४ हजार
११हिमाल आइरन एण्ड स्टिल१० करोड ९२ लाख १ हजार
१२हुलास स्टिल११ करोड २९ लाख ६४ हजार
१३जगदम्बा स्टिल१ अर्ब २८ करोड १४ लाख ७४ हजार
१४जगदम्बा सिन्थेटिक्स१६ करोड ४ लाख ३५ हजार
१५जय दुर्गा प्लाष्टिक उद्योग५६ हजार
१६एजी हेल्थ इन्डस्ट्रिज६१ हजार
१७ विनायक स्पात प्रालि००
१८युनाईटेड सिमेन्ट९ करोड ९ लाख ४७ हजार
१९ यशोधा फुड्स३ लाख ४० हजार
२०एसआर फुड्स१ करोड १८ लाख ८३ हजार
२१अर्घाखाँची सिमेन्ट३५ करोड ८८ लाख ८६ हजार
२२विशाल सिमेन्ट इन्स्डस्ट्री२ करोड ६८ लाख २० हजार
२३सोना पोलिमर्स इन्डस्ट्रीज२ लाख ७७ हजार
२४नेशनल रबर इन्ड्स्ट्रिज४७ हजार
२५सिद्धार्थ पेट प्लाष्ट इन्ड्स्ट्रिज१ करोड ४६ लाख २९ हजार
२६न्यु नारायण रबर इन्ड्स्ट्रिज८ लाख २० हजार
२७रिलायन्स स्पेनिङ मिल्स६० करोड २९ लाख ४७ हजार
२८नव नेपाल प्लाष्टिक१ लाख ६४ हजार
२९रोल्पा सिमेन्ट७९ लाख १ हजार
३०श्री निगाले सिमेन्ट४ करोड ६३ लाख ९६ हजार
३१श्री शिवम सिमेन्ट लिमिटेड५२ करोड ६८ लाख ३६ हजार
३२श्याम प्लाष्टिक्स३९ लाख २७ हजार
३३सोना प्याकेजिङ२ लाख ८४ हजार
३४सोनापुर मिनरल्स एण्ड वेल प्रालि१९ करोड ४३ लाख ९९ हजार
३५श्री स्टिल इन्डस्ट्रिज१२ लाख ९९ हजार
३६सुप हवाई कार्यालय ४१ लाख ८५ हजार
३७सुभ लक्ष्मी पोलिमर्स३ लाख २ हजार
३८सूर्य नेपाल३ करोड १७ लाख ९५ हजार
३९त्रिवेणी स्पिनिङ मिल्स२५ करोड ६७ लाख ८९ हजार
४०त्रिवेणी यार्न३ करोड ३६ लाख ६९ हजार
४१नारायणी स्पात प्रालि००
४२सिद्धी लक्ष्मी स्टिल००
४३पञ्चकन्या स्टिल इन्डस्ट्रिज४१ लाख ७५ हजार
४४ बाबा जुट मिल१ करोड ९९ लाख ४१ हजार
४५रघुपति जुट मिल६ करोड ८१ लाख १२ हजार
४६बुटवल सिमेन्ट१४ करोड ७६ लाख ३९ हजार
४७अरिहन्त पोलिप्याक५ करोड २९ लाख ९७ हजार
४८अरिहन्तमल्टी फाइबर९ करोड २२ लाख ३७ हजार
४९हेटौंडा सिमेन्ट३० करोड ३२ लाख ९० हजार
५०पञ्चकन्या प्लाष्टिक१९ लाख ७१ हजार
५१शुभ श्री अग्नी सिमेन्ट प्रालि७९ लाख ५ हजार
५२मारुती सिमेन्ट प्रालि४५ करोड ६६ लाख १७ हजार
५३सर्वोत्तम सिमेन्ट९ करोड ५७ लाख ९ हजार
५४जगदम्बा इन्टरप्राइज००
५५लक्ष्मी स्टिल१९ करोड ३ लाख ४४ हजार
५६सिता फुड इन्डस्ट्री००
५७एभरेष्ट पेपर मिल७ करोड ७ लाख ९४ हजार
५८उदयपुर सिमेन्ट उद्योग३५ करोड २ लाख ५९ हजार
५९जिबी टेक्सटायल (५८२)११ लाख २९ हजार
६०नेपाल टेलिकम८ लाख १९ हजार
६१सम्राट सिमेन्ट३ करोड २ लाख १९ हजार
जम्मा६ अर्ब ६० करोड ७८ लाख ५९ हजार

स्रोत नेपाल विद्युत प्राधिकरण

डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेबापत २०७२ माघदेखि २०७५ पुससम्मको थप महसुल उठाउन लागिएको हो ।


Read Previous

अन्न भण्डार बर्दियामा किसानलाई धान भित्र्याउने चटारो

Read Next

जेन–जीको नाममा एउटा समूहले लियो भोटेकोशी जलविद्युतको १० प्रतिशत सेयर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar