
नेपाल कम्युनिष्ट पार्टी (एमाले) काे दोस्रो विधान महाधिवेशन आजदेखि सुरू भएको छ ।
ललितपुरको गोदावरीस्थित सनराज ई हलमा विधान महासभा सुरू भएको हो ।

पार्टीका प्रचार विभागकाअनुसार बिहान ११ बजे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेसँगै विधान महाधिवेशन सुरू हुनेछ ।

महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजकसहित २ हजार ३४१ जना सहभागी हुने नेकपा एमालेले जनाएको छ ।











