
काठमाडौं । चांगनको दीपल एस ०५ नेपाली बजारमा सार्वजनिक भएको छ ।
चांगनको आधिकारिक बिक्रेता एमएडब्लुवृद्धिले नेपाली बजारमा दिपल एस ०५ का दुई भेरियन्टहरु ल्याएको हो ।
एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र नेपालका लागि चीनका राजदूत छन सोङले गाडी सार्वजनिक गरेका हुन्।

५६.१२ किलोवाट आवरको ब्याट्री प्याक रहेको यो एसयूभीले एक पटकको फुल चार्जमा ४७० किलोमिटर (एनईडीसी) रेन्ज दिनेछ।
लाइट भेरियन्ट ४८.९९ लाख र म्याक्स भेरियन्ट ५४.९९ लाख रुपैयाँ मूल्य तोकिएको छ ।
दीपल एस ०५ मा ९९ किलोवाटको मोटर छ । यसले ३२० एनएम टर्क दिन्छ । ५६.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री छ । फुल चार्जमा ४७० किमीसम्म रेन्ज दिने दाबी गरिएको छ ।









