Nepal Purbadhar

७ बुँदे सहमतिलाई कम नआँकौं : उपप्रधानमन्त्री सिंह


काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितका दखलहरु मिलेर बन्दा भएको ७ बुँदे सहमतिलाई कम आँक्न नहुने बताएका छन् ।

नेपाली कांग्रेस रामेछाप गुन्सी १ ले साउन १५ को खिर दिनको अवसर पारेर आयोजना गरेको कार्यक्रममा उपप्रधानमनत्री सिंहले यस्तो बताएका हुन् ।

‘७ बुँदे सहमतिलाई कम नआँकौं । राजनीतिक स्थिरता ल्याउनका लागि दुई ठुला दल कांग्रेस र एमालेले अरु दललाई पनि समेटेर वर्तमान सरकार बनेको छ ,’ उनले भने,‘ ६,७ महिनामा सरकार परिवर्तन भएको भयै थियो । नागरिकले सरकार त टिक्दैन भने सरकारले अरु के गर्छ ? भनेर प्रश्न गरिरहनुभएको थियो । अहिले सरकारले स्थिरता पाएको छ । राजनिितक स्थीरताकै जगमा नागरिकको जीवन र जीवविका सहज बनाउन सरकारले काम गरिररहेको छ ।’ 

त्यस्तै, उपप्रधानमन्त्री सिंहले बागमती प्रदेशमा संसदीय दलको नेता परिवर्तनको विषयमा बोल्दै पूर्वसहमति कार्यान्वयन नहुादा बागमती प्रदेशको विषय बाहिर आउको बताए । ‘पार्टी सञ्चालन गर्दा साथीभाईबिच भएको सहमतिलाई त सबैले पालना गर्नुपर्छ नी । विश्वासको संकट भयो भने पार्टी राम्रोसँग अगाडी बढ्न सक्दैन । सहमति भएपछि सोही अनुसार अगाडी बढेको भए यसरी बाहिर आउँदैनथ्यो भन्ने कुरा सबैले बुझ्नुपर्यो,’ उपप्रधानमन्त्री सिंहले बताए । उनले नेपाली कांग्रेस समावेशी संविधान कांग्रेसकै नेतृत्वमा जारी भएको भन्दै कुने पदमा पुगेपछि सोही अनुसारको आचारण सिक्नुपर्ने भन्दै बागमती प्रदेशको निर्णय कुनै जात विशेषलाई हेरेर नभएको पनि प्रष्ट पारे । 

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत भइसकेका उपप्रधानमन्त्री सिंहले पार्टीलाई  व्यवस्थित गरेर लैजानुपर्नेमा पनि जोड दिए । ०५६ सालदेखिनै पार्टीलाई विधिसम्मत र संस्थागत गरेर जानुपर्छ भनेर आफूले भन्दै आएको स्मरण गराउँदै उनले अहिलेको चुनौति सामना गर्नका लागि कांग्रेसलाई व्यवस्थित गर्नुपर्ने बताए । ‘नले प्रधानमन्त्री र पार्टी सभापति बाहेक सबै भूमिकामा काम गरिसकेको भन्दै आफ्नो बाँकी जिवन पार्टीलाई बलियो बनाउनका लागि समर्पण गर्ने पनि बताए ।

कार्यक्रममा रामेछापका नेताहरुले पार्टीभित्र अराकजता बढेको भन्दै पार्टीलाई विधिसम्मत चलाउनका लागि केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।


Read Previous

भारतमाथि अमेरिकाले लगायो २५ प्रतिशत कर

Read Next

अनुसन्धानको परिणामलाई उत्पादकत्व वृद्धिसँग जोडौं: भौतिक पूर्वाधार मन्त्री दाहाल

Nepal Purbadhar